दुई हप्तापछि कश्मिरबारे बोल्यो इरान, ब्रिटिस सरकारलाई लगायो गम्भिर आरोप

डिसी नेपाल
६ भदौ २०७६ ६:५२

बीबीसी। इरानका सर्वोच्च धार्मिक नेता अयातुल्लाह खामेनीले भारत प्रशासित कश्मिरको विषयलाई आफ्नो विचार व्यक्ति गरेका छन्।

उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै विशेष गरेर कश्मिरमा बसोबास गर्दै आएका मुसलमान समुदायको विषयमा चासो व्यक्त गरेका हुन्।

भारतले जम्मु–कश्मिरको स्वतन्त्रता हटाएर केन्द्रशासित बनाएको दुई हप्तापछि इरानबाट यस्तो अभिव्यक्ति आएको हो।

उनले ट्वीट गर्दै भनेका छन्– ‘कश्मिरमा मुसलमान समुदायलाई लिएर म चिन्तित छु। भारतसँग हाम्रो राम्रो सम्बन्ध छ तर हामी भारत सरकारसँग यो अपेक्षा गर्छौ की कश्मिरका जनताको हकमा नीति बनाइ यस क्षेत्रका मुसलमानमाथि अत्याचार रोकियोस्।’

खामेनीले कश्मिरमा उत्पन्न समस्यालाई लिएर ब्रिटिस सरकार जिम्मेदार रहेको बताएका छन्। उनले सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट भारत मुक्त हुँदा ब्रिटिस सरकारले जानीजानी एउटा चोट छोडेर गएको आरोप लगाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *