आमिर खानकी छोरीले निर्देशकको रुपमा बलिउड डेब्यू गर्दै

डिसी नेपाल
६ भदौ २०७६ १४:४२

मुम्बइ। अभिनेता आमिर खानकी छोरी इरा खानले चाँडै यूरिपाइड्स मेडिया नामक प्लेको निर्देशन गर्ने भएकी छन् । हालै मात्र यस बारेमा उनका बुवा आमिर खानले पनि एउटा अन्तर्वार्ताका क्रममा यो कुराको संकेत गरेका थिए ।

इरा खानका झुकाव निर्देशनतर्फ बढी छ । उनले आफ्नो सामाजिक सञ्जालमा पनि नाटकको रिहर्सलका केही झलकहरु शेयर गरेकी छिन् । अहिले आएर फिल्म समीक्षक तरण आदर्शले पनि यो कुराको पुष्टि गर्दै इरा खान चाँडै नै आफ्नो नाटकको निर्देशन गर्न गइरहेको उल्लेख गरेका छन् ।

यसबारेमा तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘थिएटर प्रोडक्सनसँग आमिर खानकी छोरी इरा खान निर्देशक बन्न जाँदैछिन् । उक्त नाटकको नाम यूरिपाइड्स मेडिया हुनेछ । यो भारतका केही सीमित शहरहरुमा मात्र प्रदर्शन हुनेछ । यो नाटकको अभ्यास चाँडै नै प्रारम्भ हुनेछ । यो नाटकको प्रिमियर डिसेम्बर २०१९ मा हुनेछ ।’

हालैमात्र इरा खानले सामाजिक सञ्जालमा आफ्ना प्रेमी मिशाल किर्पलानीसँग थुप्रै तस्वीर सार्वजनिक गरेकी थिइन् । ती तस्बिरहरुमा उनीहरुको बीचको केमेष्ट्री देख्न पाइएको थियो । इरा खानले एउटा प्रश्नको जवाफ दिँदै आफ्नो सम्बन्धको कुरा सार्वजनिक गरिदिएकी थिइन् । उक्त तस्बीर भाइरल भएपछि इराले सामाजिक सञ्जालमै थप केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *