फ्राइडे रिलिज : सोलो रिलिजमा नम्रताको ‘जाइरा’

डिसी नेपाल
६ भदौ २०७६ १६:०१

काठमाडौं । शुक्रबारदेखि नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘जाइरा’ प्रदर्शनमा आएको छ ।

सोलो प्रदर्शनमा आएको यो चलचित्रमा नायिका नम्रता श्रेष्ठ एक्सन अवतारमा देखिएकी छिन् । उनले चलचित्रमा बक्सर गर्लको भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्रका लागि नायिका श्रेष्ठले निकै मेहनत गरेको चलचित्रमा स्पष्ट देखिन्छ । उनले आफ्नो भूमिकालाई बखुबि निभाएकी छिन् ।

त्यस्तै फरक फरक अभिनय गरेर चर्चामा रहँदै गएका अभिनेता प्रमोद अग्रहरी यो चलचित्रमा भिलेनको भूमिकामा प्रस्तुत भएका छन् । उनको अभिनय र बोल्ने शैली तारिफ योग्य छ ।

चलचित्रमा नम्रतासँगै अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई आशुतोष श्रेष्ठले निर्देशन गरेका छन्, भने चलचित्रमा लगानीसमेत नम्रता श्रेष्ठको रहेको छ । कार्यकारी निर्माताको रुपमा प्रसन्न गोपाली रहेका छन् ।

आशुतोष र निरज महर्जनले लेखेको यस चलचित्रलाई बाबु श्रेष्ठलले छायांकन गरेका हुन् । चलचित्रको सम्पादन लोकेश बज्रचार्यले गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *