‘च च हुई’को पहिलो गीतमा आर्यन र मिरुनाको डान्स

डिसी नेपाल
६ भदौ २०७६ १६:५९

काठमाडौं । नेपाली चलचित्र ‘च च हुई’को पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा राजनराज र मेलिना राईले स्वर दिएका छन्, भने राजनराजकै संगीत रहेको छ । गीतको शब्द अमृत घले लामा, राजनराज र श्याम लामिछानेले लेखेका हुन् ।
लोक प्याटर्नमा निर्माण गरिएको यस गीतको भिडियोमा यस चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटाले कम्मर मर्काएका छन् । भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा आर्यन, मिरुना र भोलाराजसँगै माओत्से गुरुङ, पुस्कर गुरुङ लगायतका कलाकारहरुकोसमेत मुख्य भूमिका रहेको छ । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् । सजन दाहाल र सन्देश अर्यालले लेखेको यस चलचित्रमा अमृत घोले लामाको लगानी रहेको छ ।

यस चलचित्रलाई सुजन प्रजापतिले छायांकन गरेका छन् । चलचित्र मंसिर ६ गतेबाट रिलिज हुने तयारीमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *