आईभी सेट खरिदमा कर छली

डिसी नेपाल
६ भदौ २०७६ २२:५९

काठमाडौँ । भाइटल हेल्थ केयर प्रालिले आइभी सेट (सलाइन चढाउन प्रयोग गरिने पाइपसहितको सेट) खरिदमा रु एक करोड बढीको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ।

वीरगञ्ज भन्सार कार्यालमया न्यून मूल्य घोषणा गरी छ हजार १०० थान आइभी सेट खरिदमा रु एक करोड १९ लाख राजश्व छली गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

भाइटल हेल्थ केयरका सञ्चालक राजेशकुमार अग्रवाल र सरोज गोयलले भन्सार ऐजेन्टका प्रतिनिधि तथा ट्रक धनी कुमार खरेल र चालक रञ्जन अधिकारीको सहयोगमा भारतबाट ना ७ ख ६२५९ नम्बरको ट्रकमा पैठारी गर्दा उक्त सेट खरिदमा राजश्व छलेको पाइएको हो।

एमआरपी मूल्य १९६ भारतीय रूपैयाँ उल्लेख भएकोमा राजश्व कम तिर्ने उद्देश्यले प्रति एकाइ मूल्य १८ भारतीय रूपैयाँ मात्र घोषणा गरी वीरगञ्ज भन्सार कार्यालयमा भुक्तानी गरी वस्तु पैठारी गरेको देखिएकोे मैनालीले जानकारी दिए।

प्रतिवादी कुमार खरेलले उक्त मालवस्तुको कम मूल्य कायम गरी भन्सार जाँचपास गराउने कार्यमा संलग्न रहेको र सवारी चालक रञ्जन अधिकारी सहयोगी बनेकाले उनीहरूलाई मतियार बनाइ काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको उनले जानकारी दिए।

विभागले रसुवा नाका हुँदै अबैध रूपमा एक किलो सुन भित्र्याउने पेम्बा तामाङविरुद्ध रु ५५ लाख ७३ हजार बिगो कायम गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको आरोपमा मुद्दा चलाएको जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *