कश्मिरमा ट्रम्पले किन दिए चासो ?

डिसी नेपाल
८ भदौ २०७६ १०:१३

बीबीसी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज जी–७ देशको शिखर बैठकमा भेटवार्ता गर्दैछन्। यो भेटमा अमेरिकी राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीसँग जम्मू–कश्मिरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० खारेज र जम्मू कश्रिमलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गरेपछि तनाव कम गर्ने विषयमा सोध्ने अनुमान गरिएको छ।

मिडियो रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो भेटवार्तामा क्षेत्रीय तनाव कम गर्ने विषयमा नरेन्द्र मोदीको योजनाका विषयमा सुन्न चाहन्छन्। साथै विश्वको सबै भन्दा ठूलो लोकतन्त्र भएको मुलुकका रुपमा कश्मिरी जनताको मानवअधिकारको सम्मान गर्ने विषयमा पनि छलफल हुन सक्नेछ। भारत र पाकिस्तानबीच मध्यस्थताको प्रस्ताव गरेपछि ट्रम्प लगातार कश्मिरका विषयमा अभिव्यक्ति दिँदै आएका छन्।

यो हप्ताको सुरुवातमा उनले कश्मिरको समस्यालाई आफ्नै अन्दानमा अनौठो व्याख्या गर्दै भनेका थिए, ‘कश्मिर निकै जटिल ठाउँ हो। त्यहाँ हिन्दु र मुसलमान पनि छन्। म यो पनि भन्न सक्दिन की उहीहरु शानदार ढंगले त्यहाँ बस्न पाएका छन् की छैनन्। यस्तो अवस्थामा उनीहरु सबैलाई राम्रो हुने गरी मध्यस्थता गर्न चाहन्छु। तपाइँसँग दुई काउन्टी छ्, जो सामो समयसम्म एक साथ रहन सक्दैनन्। म स्पष्ट रुपमा के भन्छु भने यहो विष्फोटक अवस्था हो।’

मोदी–इमरानलाई गरे टेलिफोन
ट्रम्पले दुवै देशका प्रधानमन्त्री नरेन्द्र मोदी र इमरान खानलाई टेलिफोन गरेर छलफल गरेका छन्। मोदीले ट्रम्पसँगको कुराकानीमा स्पष्ट रुपमा भनेका छन्–क्षेत्रका केही विशेष नेताका तर्फबाट भारत विरोधी अभिव्यक्ति दिइरहेका छन्। हिंसालाई उक्साउनु शान्तिका लागि अनुकुल होइन।’ त्यसपछि ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग कश्मिरलाई लिएर भारत विरोधी अभिव्यक्तिमा नरमपना अपनाउन सुझाव दिएका थिए।

केही समय अगाडि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणका क्रममा ट्रम्पले एकदम अप्रत्याशित र नाटकीय रुपमा कश्मिर विवादमा मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए। जो भारतीय संचारमाध्यममा प्रमुख समाचार बने। यो विषयलाई लिएर राजनीतिक रुपमा पनि निकै हंगामा भयो।

इमरान खानलाई छेउमा राखेर ट्रम्पले ह्वाइटहाउसमा संसाददातासँग भने, ‘यदि मैले मध्यस्थता गर्न पाएँ भने मध्यस्थता गर्न तयार छु।’ उनले नरेन्द्र मोदीसँग यो महिनाको सुरुवातमा जापानको आसोकामा भएको भेटवार्तालाई स्मरण गर्दै भने, ‘दुई हप्ता पहिला मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँगै थिएँ।र हामीबीच यही विषयमा छलफल गरिरहेका थियौं। मोदीले मसँग के तपाइँ कश्मिर विवादमा मध्यस्थता गर्न चाहनुहुन्छ? भनेर सोध्नु भएको थियो। मेरो विचारमा मोदी पनि यो समस्याको समाधान होस भन्ने चाहनुहुन्छ। इमरान खान पनि यो समस्याको समाधान चाहनुहुन्छ। यदि मैले मस्धस्थता गर्न पाएँ भने मध्यस्थता गर्दा मलाइ खुशी नै हुनेछ।’

ट्रम्पको प्रस्ताव झट्का भन्दा कम होइन
वास्तविकतामा ट्रम्पको प्रस्ताव केही भारतीयका लागि कुनै झट्का भन्दा कम थिएन । किनभने या विगत एक दशकदेखि चलिरहेको अमेरिकी नीतिको ठिक विपरित थियो। जस अनुसार अमेरिका कश्मिरलाई भारत र पाकिस्तानबीच द्विपक्षीय विषय अर्थात भारतीय संमवेदनालाई साथ दिँदै आएको थियो।

अर्को वास्तविकता के पनि हो भने बराक ओबामासहित केही राष्ट्रपतिलाई कश्मिरको विवादले आकर्षित पनि गर्दै आएको थियो। तर वाशिंटन प्रशासन के कुरा राम्रोसँग बुझेको छ भने यदि उसले भारतसँगको आफ्नो सम्बन्ध बलियो बनाउन चाहन्छ भने कश्मिरमा दखल दिनु हुँदैन। अब के प्रश्न उठ्छ भने यस्तो के विषय छ जसले ट्रम्पलाई यस्तो अभिव्यक्ति दिन उक्सायो, जसलाई लिएर भारतभित्र विरोध सुरु भएको छ।

ट्रम्प यो विषयमा यसकारण दलख दिइरहेका छन् ताकि उनी आफ्नो अफगानिस्तान नीतिका लागि पाकिस्तानको समर्थन सुनिश्चित गर्न सकुन। ट्रम्पले स्पष्ट रुपमा अमेरिका आफ्नो सेना अफगानिस्तानबाट बाहिर निकाल्न चाहन्छ भनेर भनिसकेका छन्। उनले अमेरिकी राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै यस्तो योजना बनाएका छन्। ताकि आगामी वर्ष उनी फेरि राष्ट्रपतिमा निर्वाचित हुन सकुन।

पछिल्लो समय के अनुमान लगाउन थालिएको छ भने अमेरिकी सेना फिर्ता गर्ने विषयमा तालिबान र अमरिकाबीच सहमति भइसकेको छ। र, यसको आधिकारिक घोषणा केही दिनभित्रै हुन सक्छ।

यो शान्ति सम्झौताका लागि ट्रम्पलाई पाकिस्तानको समर्थन आवश्यक पर्छ। र पाकिस्तान के चाहन्छ भने कश्मिर मुद्दामा ट्रम्पले पाकिस्तानलाई साथ दिउन्। ट्रम्पका लागि अहिले अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या घटनाउनु प्राथमिकताको विषय हो। त्यसका लागि इमरान खानलाई सन्तुष्ट बनाउन ट्रम्प हिचकिचाउँदैनन्।

अर्को तर्फ भारत सरकारले आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मलाई दिएको विशेष राज्यको मान्यता खारेज गरेको छ। यसबाट भारतले के सन्देश दिएको छ भने भारत आफ्ना छिमेकी मुलुकसँगको प्राथमिकतालाई लिएर स्पष्ट नीतिमा चलिहेको छ। पाकिस्तान लगातार कश्मिर विवादलाई अफगानिस्तानको विषयसँग जोडेर तालिबानसँगको ध्यानलाई दिलाउन चाहन्छ।
लेखक अब्जर्भर रिसर्च फाउन्डेशन स्टडिज विभागका निर्देशक हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *