सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि उच्च रेकर्ड
काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ पुनः आकासिएको छ । अघिल्लो साता केही सुस्ताएको सुनको भाउ आज साताको पहिलो दिन आइतबार एकैदिन १२ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तैगरी आज छापावाल सुन प्रतितोला ७२ हजार २ सय तथा चाँदी ८५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको भाउ हालसम्मकै उच्च हो। शुक्रबार प्रतितोला तेजावी सुन ७१ हजार तथा चाँदी ८३० रुपैयाँमा कारोबार भएको थियो ।
विश्व बजारमा सुनको भाउ बढेको र डलरको भाउ पनि उच्च रहकाले नेपालमा पनि सुनको भाउ बढेको हो । आज अमेरिकी डलरको भाउ १ सय १४ रुपैयाँ ९६ पैसा रहेको छ।
आजको भाउ

शुक्रबारको भाउ

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ अझै बढी पर्न सक्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment