सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि उच्च रेकर्ड

डिसी नेपाल
८ भदौ २०७६ ११:२३

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ पुनः आकासिएको छ । अघिल्लो साता केही सुस्ताएको सुनको भाउ आज साताको पहिलो दिन आइतबार एकैदिन १२ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तैगरी आज छापावाल सुन प्रतितोला ७२ हजार २ सय तथा चाँदी ८५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको भाउ हालसम्मकै उच्च हो। शुक्रबार प्रतितोला तेजावी सुन ७१ हजार तथा चाँदी ८३० रुपैयाँमा कारोबार भएको थियो ।

विश्व बजारमा सुनको भाउ बढेको र डलरको भाउ पनि उच्च रहकाले नेपालमा पनि सुनको भाउ बढेको हो । आज अमेरिकी डलरको भाउ १ सय १४ रुपैयाँ ९६ पैसा रहेको छ।

आजको भाउ

शुक्रबारको भाउ

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ अझै बढी पर्न सक्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *