प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव

डिसी नेपाल
८ भदौ २०७६ १५:५३

काठमाडौं। व्यवसायीहरुले राजश्व चुहावट नियन्त्रणका लागि राजश्वसम्बन्धी संघीय ऐन अनुरुपका प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव दिएका छन्।

प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको आईतबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संसोधन विधेयक २०७५ माथिको छलफलका क्रममा उद्योग व्यवसायीले यस्तो सुझाव दिएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको राजश्व समितिका सभापति अशोक कुमार तोदीले स्थानीय तहले पनि राजश्व संकलनको अधिकार पाएकाले संघीय ऐन अनुसार प्रदेश र स्थानीय तहमा पनि भन्सार ऐन, अन्तशुल्क ऐन, आयकर ऐन र मूल्य अभिवृद्धि ऐनहरु बनाउनुपर्ने सुझाव दिएका हुन्।

उनले नियन्त्रणमुखी समाज निर्माण भन्दा पनि काम गर्दै जादा सहज वातावरण बनाउने तर्फ सरकारले प्राथमिकता दिनुपर्ने बताए। २०५२ साल देखि नै उद्योगहरुले विभिन्न किसिमका मार खेपिरहेको उल्लेख गर्दे राजश्व चुहावट भन्दा पनि राजश्व संकलन किन भएन भन्नेमा सरकारको ध्यान जानुपर्ने बताए।

समितिले आइतबार राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५ माथि छलफल गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *