आन्दोलन गर्दै सामुहिक राजीनामा दिने सबै मेडिकल अफिसरको जागिर चट्
काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा विभिन्न माग राखी आन्दोलनरत करार सेवाका सबै मेडिकल अफिसको जागिर गएको छ। यही भदौ पाँच गते प्रतिस्ठानकी उपकुलपति प्रा. डा. संगिता भणरीको कार्यशैलीप्रति विरोध जनाउँदै ९ जना अफिसरले सामुहिक राजीनामा दिएका थिए। उनीहरु सबैलाई सेवाबाट आइतबार हटाइएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजालाई सेवाबाट हटाएको हो।
स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा काम नगरेकाले कार्यकारी परिषदको निर्णयबाट उनीहरुलाई सेवाबाट हटाइएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले उनीहरुलाई सेवाबाट हटाएसँगै रिक्त भएका पदका लागि पूर्ति गर्न प्रक्रिया पनि अगाडि बढाएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment