श्रमिकहरुको पारिश्रमिक बैकिङ प्रणालीबाट भुक्तानी गर्न मन्त्री विष्टको आग्रह

डिसी नेपाल
८ भदौ २०७६ १९:२६

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकहरुको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गरेका छन्।

सामाजिक सुरक्षा कोषले आईतबार आयोजना गरेको होटल संघ नेपाल र मन्त्रालयबीचको संयुक्त अन्तरक्रियालाई सम्बोधन गर्दे मन्त्री विष्टले रोजगारदाताहरुलाई बैकिङ प्रणालीबाट पारिश्रमिक भुक्तानी गर्न सचेत गराएका हुन्।

कुनै पनि रोजगारदाताले आफ्ना श्रमिकलाई नगद भुक्तानी गरेको देखिएमा श्रमिकले ज्याला प्राप्त गरेनन् भन्ने निष्कर्षमा सरकार पुग्ने भन्दै उनले त्यसपछि सरकार अर्को कदम चाल्न बाध्य हुने बताए।

उनले भने, ‘केही समय पछाडि नगद भुक्तानी गर्न पाउदैनौं। यदि नगद भुक्तानी गरेको अवस्था भेटियो भने श्रमिकले ज्याला प्राप्त गरेनन भन्ने निष्कर्ष हुन्छ र सरकारले अर्को प्रकारको प्रक्रिया अगाडि बढाउँछ।’

कार्यक्रममा होटल संघ नेपाल कि अध्यक्ष श्रृजना राणाले राज्यले पर्यटन क्षेत्रलाई आर्थिक मेरुदण्डको रुपमा व्याख्या गर्ने गरेको भएपनि होटल व्यवसायलाई उद्योगको दर्जा नदिएकाले राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरिन्।

उनले २० जना भन्दा कम कार्यरत होटल सञ्चालक र श्रमिकलाई सामाजिक सुरक्षा योजना स्वच्छिक हुने व्यवस्था गर्न माग गरे। याेगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएपछि सामाजिक सुरक्षा कोषले क्षेत्र विशेषलाई प्राथमिकतामा राखेर अन्तरक्रियाहरु सञ्चालन गर्दे आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *