काठमाडौंलगायत विभिन्न ठाउँमा ४ जना मृत फेला

डिसी नेपाल
८ भदौ २०७६ २२:२४

काठमाडौं । काठमाडौं महानगरपालिका १ कमलपोखरीस्थित अग्रवाल भवनको कोठा नम्बर २०९ मा बस्ने भारत घर भएका ६० वर्षीय मुकुन्द बर्दौलिया कोठामा सुतेको अवस्थामा शनिबार राति मृत फेला परेका छन्।

सिराहाको सिराहा नगरपालिका १६ मार्डरस्थित बाटोको नालामा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै दोलखाको गौरीशंकर गाउँपालिका ४ झ्याकुबासा बस्ने ३६ वर्षीय जित बहादुर शेर्पा सोही ठाउँस्थित सामुदायिक वनमा शनिबार साँझ मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका ४ मजुवा बस्ने २१ वर्षीय विपीन तिमल्सिना आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।

सोही ठाउँस्थित धुसेनीमा बोटबिरुवा हेर्न जान्छु भनि हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *