पत्रकार बर्खास्तीकाे विराेधमा सञ्चार सामग्री प्रर्दशन, युनियनका १० शाखाद्वारा सञ्चारमन्त्रीलाई ज्ञापन पत्र

डिसी नेपाल
९ भदौ २०७६ ०:१३

डोटी । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीन संचारकरकर्मीलाई बिना कारण सेवाबाट हटाएको विरोधमा आइतबार पनि धर्ना कार्यक्रम जारी रहेको छ।

नेपाल पत्रकार महासंघ डोटी शाखाको अगुवाइमा पुर्नबाहलीको माग गर्दै रेडियो प्रदेश प्रशारण केन्द्र अगाडि धर्ना गरिएको छ। तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नुपर्ने माग गर्दै बिहीबारबाट आन्दोलन शुरु भएको हो।

आइतबार सञ्चार सामग्री प्रर्दशन गरेर बिरोध गरिएको छ। त्यस्तै शनिबार दुबै हात कालो पट्टिले बाधेर बिरोध, बिहीबार मुखमा कालोपट्टी बाँधेर र शुक्रबार टाउकोमा कालोपट्टि बाँधेर विरोध कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए।

प्रदेश प्रशारण केन्द्रमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ वर्षदेखि डोटेली समाचार बाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई विना कारण सेवाबाट बर्खास्त गरिएको हो। यसको विरोधमा महासंघले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ।

तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो। भदौ एक गतेदेखि लागु हुने गरी अन्य तीन जनालाई नियुक्ति दिइएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभामा पनि यसबारे कुरा उठेको छ।

राष्ट्रिय सभाका सदस्य तारादेवी भट्ट, प्रतिनिधि सभाका सदस्य डिला संग्रौला पन्त र अतहर कमल मुसलमानले पुनर्वहालीको माग गरेका हुन्। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटी, नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, नेपाल प्रेस युनियन जिल्ला समितिलगायतका संघ संगठनले पनि कर्मचारी हटाएकोमा विरोध जनाएका छन्।

त्यसैगरी शनिबार नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरको अध्यक्षतामा बसेका बैठकले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ। सोमबार संचारकर्मी निस्कासन गरेको विषयमा धर्ना स्थलबाट बहस तथा विभिन्न संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको अध्यक्ष बलायर बताए।

सुदूरपश्चिम प्रदेशका १० वटा शाखाबाट आइतबार जिल्ला प्रसासन कार्यलयबाट सूचना तथा प्रबिधि मन्त्री गोगुल बास्कोटालाइ सयुत्त रुपमा एकै दिन ज्ञापन पत्र बुझाएको जनाएको छ।

यस्तै सोमबार मुख्यमन्त्री कार्यालय अगाडी धर्ना सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत प्रधानमन्त्री र सूचना तथा संचार प्रबिधि मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *