कोलोराडोमा अमेरिकी सांसद काङ्ग्रेस म्यान जो नेगस्  र नेपाली समुदायबीच अन्तरकृया

डिसी नेपाल
९ भदौ २०७६ १०:५३

कोलोराडो ।  कोलोराडोमा अमेरिकी सांसदका काँग्रेस म्यान जो नेग र नेपाली समुदायबीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको संयोजनमा कोलोराडो डिस्ट्रिक्ट २ का काङ्ग्रेस म्यान जो नेगस्सँग नेपाली भाषी समुदायको सामुदायिक विकास लगायत बिभिन्न विषयमा एक आपसमा अन्तरकृया सम्पन्न भएको हो।

छलफल तथा प्रश्नोत्तर कार्यक्रममा सहभागीहरूले ईमिग्रेण्टहरुका लागी अमेरिकी सरकारबाट लागु भएका निती तथा कार्यक्रम, टि पि एस्, भिसा स्ट्याटस चेन्ज, ओभर स्टे, नेपाली भाषामा डाईभर लाइसेन्सको परीक्षा , नेपाली सामुदायिक भवन, शिक्षा, हेल्थ इन्सुरेन्स, मेडिकेट, पब्लिक चार्ज, मडिकियर, अमेरिकी राजनितीमा प्रवेश गर्ने तरिका, बसोबास , रोजगारी लगायतका बारेमा आफूलाई परेका समस्या तथा जिज्ञासा काङ्ग्रेस म्यान समक्ष राखेका थिए । नेपाली भाषी समुदायमा रहेका उल्लेखित समस्याहरूको लिस्ट तयार पारि  काङ्ग्रेस म्यान जोलाई हस्तान्तरण गरिएको थियो।

सहभागीहरूको जिज्ञासालाई सम्बोधन गर्दै कोलोराडो डिस्ट्रिक्ट २ का कांग्रेस म्यान जो नेगस्ले आफु पनि अफ्रिकी मूलको इमिग्रेन्टको सन्तान भएकोले ईमिगे्रण्टहरुको समस्या नजिकबाट बुझेको बताउँदै उल्लेखित समस्याको समाधानतर्फ सक्दो पहल गर्ने आश्वासन दिए। उनले यसबाहेक अन्य कुनैपनि समस्या परेमा आफ्नो सम्पर्क कार्यालय बोल्डर र फोर्टकोलिन्समा सम्पर्क गर्न सकिने बताए।

नेपाली भाषी समुदायको समस्या तथा त्यसका कारणहरू सोझै अमेरिकी सांसदका काङ्ग्रेस म्यान समक्ष सामूहिक रुपमा राखिएको कोलोराडोको इतिहासमा यो पहिलो कार्यक्रम हो । कार्यक्रममा जोनाथन सिंगर स्टेट रिप्रिजेन्टेटिभ कङ्ग्रेसम्यान, ऐरीका ब्लम इमिग्रेसन स्पेसलिस्ट, जिल ग्रानो डाइरेक्टर अफ कम्युनिटी अफेयर्स ,नेपाली तथा नेपाली भाषी भुटानी संघ संस्थाका पदाधिकारी, समाज सेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो।

दिउँसो २ बजे देखि ३.३० बजे सम्म लाफेट स्थित पब्लिक लाईब्रेरीमा सम्पन्न कार्यक्रमको सहजिकरण गर्दै हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठले  नेपाली समुदायको समस्याको समाधानार्थ कार्यक्रममा सहभागी भई सहभागीहरूको जिज्ञासा समाधान गरिदिएकोमा काङ्ग्रेस म्यान जो नेगस् सहित सबै टिमलाई धन्यवाद दिए। उनले यस्ता एक आपसमा अन्तरकृया कार्यक्रमले अमेरिकी सरकार र नेपाली भाषी समुदाय बिचको दूरी घटाउने भएकोले आगामी दिनमा यस्ता कार्यक्रमहरूको आयोजना गर्न कोलोराडोमा सकृय संघ संस्थाहरूलाई आग्रह गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *