दण्डहिनताले बढेको संसदीय समितिको निश्कर्ष

डिसी नेपाल
९ भदौ २०७६ १७:४६

काठमाडौं। संसदीय समितिले सबै किसिमका महिला विरुद्धका हिंसा अन्त्यको अनुभूति हुने गरी प्रभावकारी र परिणाममुखी कार्यसम्पादन गर्न महिला बालबालिका ज्येष्ठ नागरिक तथा सामाज कल्याण मन्त्रालयलयाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले महिला विरुद्धका हिंसाका घटनामा कमि आउन नसकेको, हिंसाको दोषिलाई कारवाहीको दायरामा ल्याउने काम नहुँदा दण्डहिनता बढ्दै गएको भन्दै हिंसा अन्त्यको क्षेत्रमा परिणाममुखी कार्य सम्पादन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । महिला मन्त्रालयका तर्फबाट समितिमा पेस भएको हिंसा अन्त्यका लागि भएको प्रयास र प्राप्त उपलब्धि सम्बन्धि प्रतिवेदन सन्तोषजनक नभएको भन्दै समितिले तत्काल प्रभावकारी रणनीति, कार्यनीति तयार गरी परिणाममुखी कार्यसम्पादन र सोको जानकारी आवधिक रुपमा समितिलाई गराउन निर्देशन दिएको हो ।

समिति सदस्यहरुले हिंसाका घटनामा कमि आउनुको सट्टा बढ्दै गएको, निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको तथा हिंसा मुक्त समाज निर्माणका लागि आवश्यक पहल कदमी नभएकोतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनीहरुले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका लागि पनि जोड दिए ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम माया थापाले हिंसा अन्त्यका लागि मन्त्रालयले तात्कालिक र दीर्घकालिन गरी विभिन्न चरणका कार्ययोजना बनाई लागु गरिरहेको बताइन् । कानुन कार्यान्वयनले मात्रै महिला हिंसा अन्त्य नहुने भन्दै उनले हिंसा अन्त्यका लागि सबै नागरिक सचेत हुनुको साथै दायित्व बोध गर्नुपर्ने आवश्यकता औल्याइन् ।

गत बर्ष भदौ ८ गते प्रतिनिधिसभाबाट महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव पारित भएपछि हिंसा अन्त्यका क्षेत्रमा मन्त्रालयले गरेका कार्य र प्राप्त उपलब्धिको बारेमा समितिले संकल्प प्रस्तावक, समर्थक र सम्बन्धीत मन्त्रीसंग छलफल गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *