पर्यटन मन्त्रीका ३ महत्वपूर्ण योजना (पूर्ण पाठसहित)

डिसी नेपाल
९ भदौ २०७६ १८:३५

काठमाडौं। पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केहि महत्वपूर्ण योजना सार्वजनिक गरेका छन् । मन्त्री भट्टराईले आगामी ६ महिना भित्र युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आवश्यक सबै पुर्व शर्तहरु पुरा गर्ने योजना बनाएका छन् । मन्त्री भट्टराईले सार्वजनिक यो योजना आगामी फेबु्रअरी अर्थात् भ्रमण वर्ष सुरु भैसकेको अवस्थामा पुरा हुने छ ।

यस्तै मन्त्री भट्टराईले अगाडि सारेको अर्को महत्वपूर्ण योजना भनेको २०२० को मार्चमा गर्ने योजना बनाइएको टुरिजम इन्भेस्टमेन्ट समिट हो । नेपालले सम्पन्न गरेको महत्वपूर्ण २ वटा पूर्वाधार लगानी सम्मेलनमा आशा गरे अनुसारको लगानी नआएको चर्चा चलिरहेको बेला यो सम्मेलनको आयोजना गर्नु चुनौती पूर्ण पनि छ ।

मन्त्री भट्टराईले सार्वजनिक गरेको अर्को महत्वपूर्ण योजना भनेको ७० वर्षमाथिका जेष्ठ नगरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने कार्यक्रम ३ महिना भित्र लागु गर्ने योजना पनि हो । मन्त्री भट्टराईले सार्वजनिक गरेका कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न भए पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले ठुलो फड्को मार्नेछ । यस्तो छ पूर्ण पाठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *