अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी
भोजपुर । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ।
पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ।
सो स्थानको पिखुला खोलामा प्रदेश सरकारको रु छ करोड ५३ लाखको लागतमा करीब एक हप्ता अगाडि पुल निर्माण शुरु गरिएको थियो। अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment