प्रधानमन्त्री ओलीको उपचारका लागि अझै एक हप्ता लाग्ने

डिसी नेपाल
११ भदौ २०७६ १८:०२

काठमाडौं। सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी ओलीको उपचारमा अझै एक हप्ता लाग्ने भएको छ । सिंगापुरमै रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले बुधबार सामाजिक सञ्जाल ट्वटीरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘उहाँका (प्रधानमन्त्रीका) नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ । उहाँका अनुसार यो उपचार प्रक्रिया अर्को साता सम्ममा पुरा हुनेछ।’

सिंगापुरको यूनिर्भसल अस्पतालमा अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ। गएको बिहीबार प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर उडेका थिए। हाल उनको प्लाज़्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको सल्लाहाकार रिमालले जानकारी दिएका छन् । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल ठिक रहेकोसमेत जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीका नीजि चिकित्सक डा. सिंह स्वदेश फर्केपछि अर्को नेपाली चिकित्सकको टोली बुधबारै सिंगापुर पुगिसकेको जनाइएको छ। १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीमा पछिल्लो पटक एन्टीबडी बढेको जनाइएको थियो । हाल एन्टीबढी घटाउने विधि प्रयोग भइरहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *