काठमाडौंबाट पाकिस्तानी खुफिया एजेन्सीले भारतविरुद्ध योजना बनाएको सनसनीपूर्ण खुलासा

डिसी नेपाल
११ भदौ २०७६ २२:३०

काठमाडौं। भारत र पाकिस्तानबीच हाल तनावको स्थिति छ। भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेजलाई पाकिस्तानले अस्वीकारमात्र गरेको छैन, यो मामिलालाई अन्तर्राष्ट्रियकरण गरिरहेको छ। भारतले भने कश्मीर आन्तरिक मामिला भएको दावी गरिरहेको छ।

यही अगस्ट ५ मा भारतले जम्मू कश्मीरबारे भारतीय संविधानको धारा ३७० खारेज गरेको विषयलाई लिएतर भारत र पाकिस्तानबीच युद्धको खतरा बढिरहेको छ। यही बीचमा भारतीय सञ्चार माध्यम आजतकले एक स्टिङ्ग अप्रेशनको खुासा भन्दै पाकिस्तानी गुृप्तचर एजेन्सी आईएसआईले भारतविरुद्ध खतरनाक योजना बनाइरहेको दावी गरेको छ।

आजतकले आईएसआई एजेन्ट दावी गरिएको नजीर अहमदसँग गरिएको कुराकानी भन्दै त्यसको ट्रान्सक्राइप्ट प्रकाशित गरेको छ। जसमा आईएसआईले भारतविरुद्ध योजना बनाउनका लागि विभिन्न देशमा एजेन्टहरु भर्ना गरिएको उल्लेख छ । उसले नेपालस्थित पाकिस्तानी दूतावासबाट समेत आईएसआई एक्टिभ रहेको दावी गरेको छ। उसले श्रीलंका, माल्दिभ्सबाटसमेत आईएसआई एक्टिभ भएको दावी गरेको छ।

नेपाल भारत खुला सीमा भएका कारण भारतले सँधै नेपालमाथि शंकाको नजरले हेर्ने गर्छ। उले सँधै आफ्नो सुरक्षा चासो उठाउने गरेको छ। यो समाचार खुलासा भएसँगै नेपालमाथि भारतको सुरक्षा चासो अझ बढ्ने देखिएको छ । यद्यपी आजतकको यो समाचारको स्वतन्त्र पुष्टि गर्न भने कठिन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *