२५० रोपनी जमिनमा लगाईएको गाँजा खेती फडानी
धादिङ । प्रहरीले २५० रोपनी जमिनमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ।

जिल्लाको गजुरी गाउँपालिका ४ गैरीगाउ स्थितमा लगाईएको अवैध गाँजा खेती फडानी गर्न जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारको कमाण्डमा खटिएको टोलीले फडानी गरेको हो।

गाँजा फडानी गर्न ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट समेत प्रहरीको टोली खटेको थियो। जम्मा ४१ जना प्रहरी टोली खटी गई उक्त स्थानमा गाँजा नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment