कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

डिसी नेपाल
१२ भदौ २०७६ ७:३४

काठमाडौं। वरिष्ठ नेता रामचन्द्र पौडेल बिमारी भएपछि स्थगित भएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बिहीबार (आज) बस्दैछ। वरिष्ठ नेता उपस्थिति हुन नसक्दा केन्द्रीय समिति बैठक स्थगित भएको हो।

यसअघिसुशील कोइराला सभापति भएको बेला तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवा अनुपस्थित हुँदा बैठक स्थगित गर्ने गरिएको थियो।

गुटउपगुटमा विभाजित कांग्रेसभित्र पौडेल पक्षले ४० प्रतिशतको भागवण्डा खोज्ने गरेको छ। बिहीबार बस्ने बैठकमा भ्रातृ संगठनको अधिवेशनका विषयमा नीतिगत निर्णय हुने बताइएको छ।

बैठकमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायत भ्रातृ एवं शुभेच्छुक संघसंस्थाको विधान संशोधन र मान्यता प्रदानका साथै अन्य महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

कांग्रेस भाृत संगठन नेविसंघ १२औं महाधिवेशनको विषयमा के निर्णय हुन्छ भन्ने चासोको विषय रहँदै आएको छ। पटक पटक म्याद थप गर्दासमेत नेविसंघको महाधिवेशन हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *