चलचित्र ‘आधा सुर’को छायाँकन सुरु

डिसी नेपाल
१२ भदौ २०७६ १२:३६

काठमाडौं। चलचित्र ‘आधा सुर’को छायाँकन शुरु गरिएको छ।

बुधबार राजधानीको कलंकी माई मन्दिरमा पूजाआज गरि चलचित्रको छायाँकन शुरु गरिएको निर्देशक अशिन पौडेलले जानकारी दिए। उनको यो डेब्यू निर्देशन हो।

निर्देशक अशिनका अनुसार चलचित्र काठमाडौ र पोखरामा खिचिने छ। फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा अर्पण थापा, प्रविण खतिवडा, शिशिर वाङ्देल, सरिता गिरी, दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल, सुभांगम पराजुलीका साथमा नव–नायक मोहन जैशी मुख्य भूमिकामा रहनेछन्।

चलचित्रको कथा निर्देशक अशिन स्वयंम र सौरभ कार्कीले लेखेका हुन्। बिष्णु घिमिरे ‘कल्पित’ले यो चलचित्र खिच्नेछन्। चलचित्रको गीतमा रोशनराज थापाको संगीत रहनेछ।

तीन युवाको गीतसंगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथामा चलचित्र बन्ने निर्देशकले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *