कहिलेबाट आउँछ रोकिएको ‘भद्रगोल’ ?

डिसी नेपाल
१२ भदौ २०७६ १४:२८

काठमाडौं। लोकप्रिय हाँस्य सिरियल हो, ‘भद्रगोल’। टेलिभिजन र युट्युबमा यसका नियमित दर्शकहरु छन्। तर, नयाँ आर्थिक वर्ष लागेसँगै साउनदेखि ‘भद्रगोल’ प्रशारण रोकिएको छ।

दर्शकहरुको चासो छ, आखिर के कारण रोकियो ‘भद्रगोल’? अब कहिलेबाट आउँछ ? यसका लेखक तथा निर्देशकमध्येका एक अर्जुन घिमिरे (पाँडे) आन्तरिक कारण सिरियल प्रशारण रोकिएको बताउँदै कहिलेबाट प्रशारण हुन्छ यसै भन्न सकिने अबस्था नरहेको बताउँछन्।

डिसी नेपालसँग कुरा गर्दै अर्जुन भन्छन् –‘नयाँ आर्थिक वर्षसंगै टेलिभिजनसँग नयाँ टेण्डर गर्नुपर्ने हुन्छ। त्यस्तै मिडिया हबसँग पनि कुरा मिलिरहेको छैन।’

टेलिभिजनबाट टेण्डर मिलेसँगै मिडिया हबसँग सम्झौतापछि ‘भद्रगोल’ पुनः प्रशारण हुने उनी बताउँछन्।  यो सिरियल २ सय १९ भाग प्रशारण भइसकेकाे छ। तर, यसको राइटस् आफूहरुमा नभएको अर्जुन बताउँछन्।

हामीले भाग १ देखि २ सय १९ भागसम्म ‘भद्रगोल’ लेख्यौं, निर्देशन गर्याैं अभिनय गर्याै। तर, सिरियलको केही पनि राइटस हामीमा छैन। अब केही कुराहरु फेरबदल भएर मात्र आउँछौं :  अर्जुन घिमिरे 

भन्छन् –‘हामीले भाग १ देखि २ सय १९ भागसम्म ‘भद्रगोल’ लेख्यौं, निर्देशन गर्याै अभिनय गर्याै। तर, सिरियलको केही पनि राइटस हामीमा छैन। अब केही कुराहरु फेरबदल भएर मात्र आउँछौं।’

‘भद्रगोल’ नाम त परिवर्तन हुँदैन? प्रश्नमा उनले यसै भन्न सकिने अवस्था नरहेको बताए। उनले भने, –‘टिम त त्यही रहन्छ। तर, राइटस्का कुराहरुमा फेरवदल भएर मात्र आउँछौं। अब नामको कुरा यसै भन्न सकिँदैन्।’

उनले आफूहरुलाई पनि धेरै दर्शकले ‘भद्रगोल’ रोकिएकोप्रति गुनासो गरिहरेको बताउँछन्। ‘सिरियललाई लिएर धेरैले चासो तथा गुनासोहरु गरिरहनुभएको छ। त्यो उहाँहरुले हामीप्रति देखाउनु भएको माया हो। त्यसका लागि ‘भद्रगोल’ टिम सबैप्रति आभारी छौं’– उनी भन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *