सेजनको अध्यक्षमा भीमप्रसाद गौतम

डिसी नेपाल
१४ भदौ २०७६ २१:१३

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २० औँ अधिवेशनले भीमप्रसाद गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेलरहेका छन् ।यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् ।

राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उद्घाटन अधिवेशनको उद्घाटन गरेका थिए । उनले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको भन्दै संवेदनशील भई सञ्चार कर्ममा क्रियाशील हुन पत्रकारलाई आग्रह गरेका थिए ।

गभर्नर नेपालले सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भूमिका छायाँमा परेकाले थप सचेतता जरुरी रहेको बताए । कार्यक्रममा सेजनका पूर्वअध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारितालाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *