किनारमा खेलिरहेका बालकको खोलामा डुबेर मृत्यु

डिसी नेपाल
१५ भदौ २०७६ १०:३४

महोत्तरी । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मो. उवेस नट्टका छोरा २ वर्षीय मो. ईरफान नट्ट रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

खोला छेउमै रहेको सो टोलमा बस्ने बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा पुगेपछि खोलाले बालकलाई बगाएर लगेको थियो।

मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ। हतियारधारी डाकाको समूहद्वारा १० लाखको डकैती महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ÷नौ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखौँको धनमाल लुटेर लगेका छन्।

उनका अनुसार आधा घण्टाको समयभित्र सोनौलका रामलोचन राउत र सियारामशरण राउतको घरबाट डाकाको समूहले नगद रु दुई लाख ५० हजार, छ तोला सुनका गरगहना, ६० तोला चाँदीका गरगहना, मोबाइल तथा अन्य धनमाल गरी रु १० लाख बढीको धनमाल लुटेर लगेका हुन्।

साथै डाकाको प्रतिकारमा उत्रेका धरमूली रामलोचन राउतको बाँया खुट्टामा बञ्चरोले काटेर उनलाई घाइतेसमेत बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

राति नै डकैतीको सूचना पाएलगत्तै प्रहरीचौकी इटहर्वाकट्टी र इलाका प्रहरी कार्यालय बलवाबाट प्रहरी टोली घटनास्थल पुगे पनि डाकाले सबैथोक लुटपाट गरेर भागिसकेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *