मानव वेचविखन तथा ओसारपसारका विषयमा अन्तरक्रिया

डिसी नेपाल
१५ भदौ २०७६ १२:१६

काठमाडौं। काठमाडौं–७ मित्रपार्कस्थित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। समुदायिक सेवा केन्द्र चावहिलका वरिष्ठ उपाध्यक्ष रमेश महर्जनको सभापतित्व तथा काठमाडौं क्षेत्र नं ४ का प्रदेश सभा सांसद नरोत्तम बैद्य तथा क्षेत्र नं ६ का सांसद जीवन डंगोलको विषेश आतिथ्यमा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा सांसद नरोत्तम वैद्यले मानव बेचविखन तथा ओसारपसार न्यूनिकरण गर्न विद्यालय तहमा निबन्ध, गजल, वक्तृत्वकला, वादविवाद लगायतको कार्यक्रम गरी रचनात्मक ढंगबाट कार्यक्रम गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले समुदाय प्रहरी साझेदारी मार्फत एकदमै प्रभावकारी भएकोले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद जीवन डंगोलले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न वृहत रुपमा टोलटोलमा विद्यार्थी तथा अभिभावकहरुलाई हौसला दिने खालको कार्यक्रम गर्न उपयुक्त हुने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा चारुमती मित्र ओपन स्काउटका अध्यक्ष दिपेश के.सी.ले स्काउटले पनि आफ्नो तर्फबाट हुने विभिन्न कार्यक्रममा मानव वेचविखन तथा ओसारपसार विरुद्ध कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *