मानव वेचविखन तथा ओसारपसारका विषयमा अन्तरक्रिया

डिसी नेपाल
१५ भदौ २०७६ १२:१६

काठमाडौं। काठमाडौं–७ मित्रपार्कस्थित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। समुदायिक सेवा केन्द्र चावहिलका वरिष्ठ उपाध्यक्ष रमेश महर्जनको सभापतित्व तथा काठमाडौं क्षेत्र नं ४ का प्रदेश सभा सांसद नरोत्तम बैद्य तथा क्षेत्र नं ६ का सांसद जीवन डंगोलको विषेश आतिथ्यमा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा सांसद नरोत्तम वैद्यले मानव बेचविखन तथा ओसारपसार न्यूनिकरण गर्न विद्यालय तहमा निबन्ध, गजल, वक्तृत्वकला, वादविवाद लगायतको कार्यक्रम गरी रचनात्मक ढंगबाट कार्यक्रम गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले समुदाय प्रहरी साझेदारी मार्फत एकदमै प्रभावकारी भएकोले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद जीवन डंगोलले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न वृहत रुपमा टोलटोलमा विद्यार्थी तथा अभिभावकहरुलाई हौसला दिने खालको कार्यक्रम गर्न उपयुक्त हुने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा चारुमती मित्र ओपन स्काउटका अध्यक्ष दिपेश के.सी.ले स्काउटले पनि आफ्नो तर्फबाट हुने विभिन्न कार्यक्रममा मानव वेचविखन तथा ओसारपसार विरुद्ध कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *