आँचल र म साथी हौं, त्योभन्दा माथि केही थिएन : पल शाह
काठमाडौं। म्यूजिक भिडियो र चलचित्रमा दर्शकले सर्वाधिक रुचाएको जोडी हो, पल शाह र आँचल शर्माको। धेरै दर्शकले यी दुईलाई श्रीमान–श्रीमतीको रुपमा हेर्न चाहेको प्रतिक्रिया समेत दिन्थे।
पहिलो चलचित्र ‘नाइ नभन्नू ल ४’पश्चात यी दुई प्रेममा रहेको चर्चा चलेको थियो। तर, दुवैले स्वीकार भने गरेका थिएनन्।
पछिल्लो समय आँचल डाक्टर उदीप श्रेष्ठसंग गहिरो प्रेममा रहेको चर्चा छ। यो चर्चा चलेसंगै अभिनेता पलका फ्यानहरुले आँचललाई गाली गर्न थालेका छन्।
सामाजिक सञ्जालहरुमा आँचललाई गालीको वर्षा हुन थालेपछि पलले फेसबुकमा स्टाट्स नै लेखेर आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरेका छन्। उनले आफू र आँचल सधै राम्रो साथी मात्र रहेको बताउँदै लेखेका छन्, –‘आँचल र म सधै राम्रो साथी थियौं र रहनेछौं । सबै अफबाह थियो । केही दिनदेखी सामाजिक सञ्जालहरुमा आँचलजीलाई गालीगलौज गरेको देखिरहेको छु । यसैले उहाँको नयाँ जिवन र हाम्रो मित्रतालाई गलत बुझेर सामाजिक सञ्जालमा उहाँलाई गाली नगरिदिनुहोला ।’
उनले आँचलको नयाँ जीवनको खवरलाई आफूसंग जोडेर सामाजिक सञ्जालमा कमेन्ट नगर्न आग्रह गरेका छन्। अगाडी लेखेका छन्, ‘साथी हौँ, त्यो भन्दा माथि केही थिएन । म आफ्नो करियरमा फोकस छु ।’
उनले आफूहरुलाई दर्शकले दिएको नाम ‘आप’ जोडी सधै रहने स्पष्ट पारेका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment