काठमाडौंबाट कतार जान लागेको विमानमा चरा ठोक्कियो !

डिसी नेपाल
१५ भदौ २०७६ १५:२७

काठमाडौं। काठमाडौंबाट कतार जान लागेको कतार एयरवेजको विमानला चरा ठोकिएपछि जहान ग्राउण्डेड भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्न लागेको कतार एयरवेजको विमानमा छरा ठोकिएको पाइएको हो ।

कतारको दोहाका लागि उडान भर्न लागेको क्युआर ६४५ जहाजमा धावन मार्गमै चरा ठोकिएको आशंका गरिएको हो । विमानको १ भागमा प्वाँखहरु भेटिएपछि त्यहाँ चरा ठोकिएको आशंका गरिए पनि यसको पुष्टी भएको छैन । मध्यान्ह १२ : १०को उडान भर्नको लागी तयार भएको जहाजमा प्वाँख भेटिएपछि पाइलटले जोखिन लिन डराएका कारण उडान रद्द भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । अहिले कतार एयरवेजकै इन्जिनियरहरुले प्रविधिक जाँच गरिरहेका छन् । जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको जानकारी प्राप्त भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *