‘कश्मीरमा ३७० मर्यो, मानवता मर्न नदिउँ’ – Dcnepal

‘कश्मीरमा ३७० मर्यो, मानवता मर्न नदिउँ’

नयाँ दिल्ली (बीबीसी) । गएको शनिबार दिउँसो, श्रीनगरको एक परिवार आफ्नो टिभी सेटमा झम्मिएको थियो । उनीहरु आफ्नो शहरमा १२ सांसदहरुको प्रतिनिधिमण्डललाई सरकारले आउन दिन्छ वा दिँदैन जान्न चाहन्थे ।

सरकारले यी सांसदहरुमाथि ‘पाकिस्तानको अजेण्डा बोकोको’ आरोप लगाइरहेको छ । टिभीमा एक न्यूज एंकरले यी आरोपहरुलाई झन चर्चा गरिरहेका थिए । समाचारमा ती सांसदहरुको प्रतिनिधिमण्डललाई सरकारले दिल्ली फिर्ता पठाएको जनाइयो । यो हेरेपछि कोठमा रहेकाहरुको अनुहार मलिन भयो। ती मध्ये एक लेक्चरर पनि थिइन्। उनले अनायसै बोलिन मानौ उनी न्यूज एंकरलाई जवाफ दिइरहेकी थिइन्। ‘हो कश्मीरमा नोर्मलसी छ, त्यस्तै नोर्मलसी जस्तै मसानघाटमा हुन्छ ।’

कश्मीर यात्राका क्रममा ‘सामान्य अवस्था’ हामीलाई केही यस्तो अवस्थामा देखिएन – सुनसान गल्ली, गल्लीहरु र पुलमा सुरक्षाबलका तैनाथ जवान, कर्फ्यू, हडतान र डरका कारण बन्द रहेका पसलहरु । विद्यालयमा विद्यार्थी छैनन्, कलेज खाली छन् र अर्धसुरक्षा बलका जवानहरु उनीहरुका ढोकमा उभिएका छन्। आवतजावतमा प्रतिबन्ध छ। यातायात, हुलाक, कुरियर, मोबाइल, इन्टरनेट सेवा र धेरैजसो ल्याण्डलाइन फोन पनि बन्द छन्।

पीडा, आक्रोश र अविश्वास

यो हाम्रो निजी उपत्यका भ्रमण थियो। जसको योजना हामीले केही महिना पहिला बनाइसकेका थियौं । अगस्टको शुरुआतमा कश्मीरमा अतिरिक्त सुरक्षाबल तैनाथ गर्न थालियो, बन्द जस्तो अवस्था बन्यो र सरकारले धारा ३७० का प्रावधानहरु अनुच्छेद ३५–ए खारेज गर्ने निर्णय गर्यो। जम्मू कश्मीर राज्यलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गरियो।

साथी र नातेदारहरुले हामीलाई आफ्नो यात्रा रद्द गर्न सुझाव दिए । तर, हामीलाई लाग्यो जब कश्मीर उपत्यका फलामको पर्दामा छ, त्यहाँका मानिसहरुबीच जानु झन महत्वपूर्ण हुन्छ । खास गरेर यसकारणकी हामी मध्ये एक उत्तर भारतको कश्मीरी पण्डित परिवारका सदस्य छौं ।

जबसम्म हामी त्यहाँ बस्यौं, मानिसहरुको कुरामा निकै पीडा, आक्रोश र अविश्वास देखियो । ‘विश्वासघात’ र ‘तनाव’ यस्ता शब्द थियो, जो सबैभन्दा धेरै सुनिए। तर हालतसँग नहार्ने इच्छाशक्ति पनि देखियो र असुरक्षासँग सामना गर्नका लागि डार्क ह्यूमर पनि ।

साथै देखियो निकै डर । हामीले करिब ५० जनासँग भेटेयौं । यी मध्ये धेरैजसोले आफ्नो पीडा पोख्दा भनेकी उनीहरुको नाम नभनियोस।

गहिरो अन्धकार

दक्षिण कश्मीरको स्याउ खेति गर्ने एक हताश किसानले भने, ‘हाम्रो मन र मष्तिस्कमा कुनै शान्ती छैन । हामी तनावमा छौं, भविश्यमा के होला? म भारतका मानिसहरुसँग अपील गर्छु उनीहरुले हाम्रो पीडा बुझुन। हामी शान्तीको भोको छौं ।’

करिब एक घण्टासम्म भएको हाम्रो वार्ताापका क्रममा उनकी ४ वर्षकी छोरी सुनाएका आँखा देखाउँदै चुपचाप बसिरहेकी थिइन्।

भारत सरकारको जुन फैसलालाई ‘साहासिक र निर्णायक’ भनिएको छ, त्यसको सीधा असर यहाँका मानिसहरुको जीवनमा परिरहेको छ । सरकारको कदम र भविश्यको रणनीतिको बारेमा जवाफदेही र पुष्ट सूचनाहरुको यहाँ जबरजस्त अभाव छ ।

श्रीनगरेको डाउनटाउनमा एक नौजवान महिलाले हामीसँग सोधिन्, ‘हाम्रा सबै नेताहरुलाई नजरबन्द वा जेल हालिएको छ । जनता कहाँ जाने । हामी आफ्नो पीडा कसलाई भनौं?’ र एक महिलाले भनिन्, ‘हामीलाई गहिरो अन्धकारमा छोडिएको छ।’

जस्तै बीबीसी, न्यूयोर्क टाइम्स र द क्विन्टले दिएको छ, सरकारले ठूलो संख्यामा बालबालिकासमेत मानिसहरुलाई हिरासतमा लिएको छ । मानिसहरुमा डर छ, आगामी पालो कसको छ? केही स्थानीय पत्रकारहरुले अधिकारीहरु र आफ्नो कश्मीरदेखि बाहिर रहेको न्यूजरुमबाट सेन्सरसिप र धम्कीहरु आएको सुनाए । अवस्था यस्तो छ की उनीहरु जे देख्नछन्, त्यो लेख्न सक्दैनन् । सञ्चार माध्यमका लागि कफर््यू पासको तथ्यांकले यस वास्ताविकतालाई लुकाउँ छ।

सरकारको यो फैसलाले मानिसहरुको मनमा एक अन्यायको भाव छ । त्यसमाथि आक्रोश छ, बन्दुकको नोकमा उनीहरुलाई चुप गराइएको छ । सरकारले जुन समय यो फैसला लियो, त्यसले पनि कटुता बढाएको छ ।

रोजगार र बजारमा शून्यता

यो पर्यटनको सबैभन्दा राम्रो समय थियो। पर्यटकहरुलाई फिर्ता पठाएकोले स्थानीयहरुको आम्दानी निकै प्रभावित भएको छ । ईदका लागि बेकरीहरुले लाखौंको सामान तयार गरेका थिए। जो यसै छ । उपत्यकामा बिहेको मौसम छ, तर बिहे स्थगित भइरहेका छन्। कश्मीरका बाजा र उनीहरुका कलाकारको समय त्यो बला खाली छ जति बेला उनीहरुको सबैभन्दा धेरै कमाई हुन्थ्यो ।

नाशपती र स्याउका लागि प्रख्यात शोपियँ जिल्लाका बजारहरु र फलफुले लादिएका बगैँचामा हामीले सन्नाटा देख्यौं । यस मौसममा व्यस्त रहने यस क्षेत्रलाई हरेक दिन करोडौंको नोक्सानी भइरहेको छ। नोटबन्दीको जस्तै, लाग्दैन यहाँको अर्थव्यवस्थामा हुने नोक्सानको कुनै हिसाब सार्वजनिक गरिने छ।

केही मानिसहरु भारत सरकारलाई मात्र होइन, भारतीयहरुसँग पनि विश्वासघात महसूस गरिरहेका छन्। श्रीनगरको डाउनटाउनका केही मानिसहरुले हामीसँग सोधे, ‘यति दिन भयो, यति धेरै हिन्दुस्तानी किन चुप छन्? के उनीहरुलाई यस झुटबाट केही फरक पर्दैन?’

र एक व्यक्तिले भने, ‘यहाँसम्मकी सर्वोच्च अदालतलाई पनि हाम्रो चिन्ता छैन।’ उमेरको छैटो दशकमा हिँडिरेका एक म्यानेजरले दुःखी मनले भने, ‘जीवनभरी म भारतसँग रहेँ, सँधै भारतीय लोकतन्त्रको पक्षमा साथीहरुसँग बहस गर्थे, तर अब हुँदैन ।’ केहीले चिन्ता गरे भारतीय लोकतन्त्र कता जाँदैछ?

पूरा क्षेत्रमा सञ्चार साधनहरुमा रोक लागेकाले जीवनमा व्यवहारिक र भावनात्मक असर परेको छ । जसको चिन्ता न सरकारलाई छ न हाम्रो ध्यान त्यता जान्छ । कल्पाना गर्नुहोस तपाईको परिवारसँग सम्पर्क विच्छेद होस र परिवारका कारण तनावमा हुनुस वा बिना फोन र इन्टरनेट एक हप्ता बिताउने प्रयास गर्नुहोस।

एक्लोपना

गएका २६ दिनदेखि जम्मू कश्मीरका लाखौं मानिसहरुको अवस्था यस्तै छ र उनीहरुलाई कुनै राहतको दियो पनि देखिएको छैन। एक नौजवानले हामीलाई सय रुपैयाँ दिँदै निवेदन गरे यो पैसा बैंक खातामा हालिदिनुहोस ताकी उनको भाईले परीक्षाको फी जम्मा गर्न सकुन्। एक अर्का नौजवानले भने, ‘आगामी दिनहरुलाई सम्झेर डर बढिरहेको छ । दिन काट्न मुस्किल भएको छ । हरेक चीज बन्द छ । र पर्खाइ गर्नुको विकल्प छैन ।’
आफ्नी छोरी र नातेदारसँग २० दिनदेखि कुरा गर्न नपाएकी एक आमाले भनिन्, ‘सरकारले सारा संसारदेखि हाम्रो सम्पर्क बिच्छेद गराई दियो । कति एक्लै बनाइदियो हामीलाई ।’

एक अधवैंशे वकीलले आफ्नो नातेदार मरेको ४ दिनपछि खबर पाएको बताए । केही घरहरुमा हामीले टिभीमा दुई उर्दू च्यान चलेका देख्यौं । दिनभरी टिकेमा उनीहरु सन्देश चलाउँछन् जो कश्मीरदेखि बाहिर हुने बच्चा र परिवार र अरु मानिसहरु पठाउँछन् । धेरैजसो सन्देशमा लेखिएको थियो, ‘हामी ठिक छौं, हाम्रो चिन्ता नगर्नु, अल्लाहाले तपाईँहरुलाई सुरक्षित राखोस।’

भविश्यप्रति हामीले कसैमा आशा वा खुशीको भाव देखेनौं । नौजावनहरुमा पनि । शोपियाँ जिल्लाका एक नौजवानले सरकारको निर्णयले कश्मीरी समस्यामा पर्ने र चरमपन्थ बढ्ने चिन्ता व्यक्त गर्दै क्षेत्रमा संघर्ष र रक्तपातको नयाँ क्रम शुरु हुने बताए । शहरका एक कविता प्रमी शिक्षकले भने, ‘हामी जस्तै मानिसहरु चुप रहनेछन्। यो सोचेरकी के थाहा, कसले हाम्रो कुरा सुनिरहेको होला । त्यसको के नतिजा आउला, चरमपन्थीहरुको तर्फबाट वा सरक्षाबलको तर्फबाट ।’

अनुभव र आशा

श्रीनगरका एक अधवैंशे कश्मीरी पण्डित शिक्षकले भने, ‘कश्मीरबारे कुनै स्पष्ट नीति छैन । न पहिला थियो । हामी कश्मीरीहरुले यसको नतिजा भोग्नु परेको छ ।’ कश्मीरीहरुबाट गरीमा, सम्मान र स्वायत्तताको अपील सुन्दै हामीलाई यही अनुभुति भयोकी उनीहरु अझै पनि भारतीयलाई आफु जस्तै मानव सम्झन्छन् । भारतीयहरुलाई यस्तो अनुभुति नभए पनि ।

सरकारको ‘अत्याचार’ र भारतीय टिभी च्यानलमा कश्मीरमा घृणास्पद कभरेज – यसबाट भड्केका मानिसहरुले पनि हामीलाई चिया खान बोलाए । केही अवसरमा जब उनीहरुलाई हामी मध्ये एक कश्मीरी भएको थाहा भयो अझ सम्मान बढ्यो ।

जति पनि मासिनहरुसँग हामीले भेट गरेयौं, अधिकांशले अलविदा भन्दै आफ्नोपनका साथ हात मिलाए, वा प्रेमले अंकमाल गरे । केही अवस्थामा सुरक्षाकर्मीका लागि पनि सहानुभुति देख्न पाइयो । श्रीनगरमा एक नौजवानले सुरक्षा बलका जवानहरुलाई देखाउँदै भने, ‘उनीहरुको अनुहारमा तनावले उत्पन्न भएका रेखाहरु हेर्नुहोस, हामी जेलमा छौं, उनीहरु पनि।’

उपत्यका छा्ड्ने समयमा हामीले लोकतन्त्र बनाउने संस्थाहरुको स्थितिभन्दा आफुलाई व्यवस्थित महसूस गरेयौं । र यो पनि सोच्यौं्र की कति सजिै हामीहरुले जम्मू कश्मीरका मानिस र उनीहरुको उत्पीडित इतिहासलाई एक ‘मस्क्युलर न्यारेटिभ’ सँग जोडिदियौं । त्यो न्यारेटिभ जो भारत सरकार र भारतका अधिकतम न्यूज च्यानलहरुले बनाएका हुन् । हामी फिर्ता भएपछि लाग्यो हाम्रो दृष्टिकोण बदनाम छ।

सरकार आफ्नो हरेक निर्णयलाई फाइदा हुने बताइरहेको छ । कुराकानी र असहमितलाई कुनै महत्व दिइएको छैन । हामीलाई भनिएको छ, सञ्चार ठप्प हुँदा स्थिति सामान्य हुन सहयोग भइरहेको छ ।

उपत्यकामा हरेक ७ जना मानिसमा एकजना सुरक्षाबलका एक जनाव तैनाथ छन् र उनीहरुको उपस्थिति चरमपन्थीसँग लड्नका लागि आवश्यक भनिएको छ । टिभी च्यानल यसलाई राष्ट्रको जित बताइरहेका छन् । ठूलो संख्यामा भारतीयहरु यस चित्रलाई स्वीकार गरिरहेका छन् वा उत्साहका साथ वा बिना कुनै प्रश्न ।

यो सबैमा, सायद हामीलाई यो कुराको चिन्ता छैन, कि ‘एकीकरण’ नाममा सैन्य घेराबन्दी गरेर, आम कश्मीरीको आवाज बन्द गराएर उनीहरुको पीडालाई नजरअन्दाज गरेर हामी आफ्नो मानवताको तिलाञ्जली दिइरहेका छौं ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो