एटीएम काण्ड : कमजोरी या लापरवाही ?

डिसी नेपाल
१६ भदौ २०७६ ७:५९

प्रविधिको विकाससँगै नेपालभित्र पनि एटीएमको प्रयोग सहज र व्यापक बन्दै गइरहेको छ।

प्राय बैंक तथा बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदान–प्रदान गर्न छिटो सहज हुने र जुन सुकै अवस्थामा पनि निकाल्न मिल्ने भएका कारण एटीएमको प्रयोग ह्वात्तै बढेको हो। यसले गर्दा आम मानिसको समय बचत भएको छ नै तर, यसको जोखिम र लापरवाही पनि उत्तिकै बढेको छ।

सन् १९६७ जुनमा जोन शेफर्ड बार्रोंनले एटीएमको आविश्कार गरेसँगै संसारभर एटीएमको प्रयोग बढिरहेको छ। अटोमेटेड टेलर मेशीन भनेर चिनिने एटीएमको सहज प्रयोगसँगै उत्तिकै मात्रामा खोजिम पनि रहेको छ।

पटक/पटक हुने एटीएमको दुरूपयोग, ह्याकरले ह्यकिङ गरी एकबाट अर्को बैंक खातामा गर्ने ट्रान्जेक्शनले अहिले देश बिदेशका बैंकिङ सेक्टरलाई थप चुनौती खडा गरेको छ।

जसका कारण सर्वसाधारको बैंकप्रति विस्वास गुम्ने खतरा रहन्छ। आफूले बचत गरेको रकम अरुले लुट्ने या चोरेर लैजान सक्ने खतरा भएका कारण बैंकप्रतिको भरोस कम हुन जान्छ।

विशेष गरी नेपाल जस्ता अल्प विकसित र प्रविधिमैत्री भइनसकेको मुलुकमा एटीएमको दुरुपयोग अत्याधिक हुने गरेको छ। ह्याकरहरुले पनि नेपाल जस्तो मुलुकलाई आफ्नो टार्गेट बनाएको देखिन्छ।

आइतबार मात्रै प्रहरीले सार्वजनिक गरेको चिनियाँ नागरिक त्यसैको उदाहारण हुन्। उनीहरुले विदाको मौका छोपी नबिल बैंक, एनआईसी एशिया, जनता बैंक, प्रभु, ग्लोबल आईएमई, सनराइज बैंकलगायतका बैंकबाट एटीएमको दुरुपयो गरी रकम चोरी गरेका थिए।

एटीएम बाट चोरी हुने वा अन्य बैंक खातामा ट्रान्सफर गर्ने घटना यो मात्र नौलो र पहिलो पक्कै होइन। २०७३ साल कातिकमा तिहार बिदाको मौका छोपी हिमालय बैंकको एटीएम बुथबाट चोरी गरिरहेको अवस्थमा रोमानिया नागरिक पक्राउ परेका थिए। यसैगरी स्विफ्ट ह्यकिङ गरी एनआईसी एशिया बैंकबाट पनि चोरी भयो।

सन् २०१६ मा सेन्टर बैंक अफ बंगलादेशमा स्विफ्ट ह्यकिङ गरी बैंकको सुरक्षा प्रणालीमा छिरेर १० करोड़ अमेरिकी डलर चोरी भयो। प्राय ह्याकर संसार मा १०० वटा बैंक तथा बित्तीय सस्थामा स्विफ्ट ह्यकिंग द्रूत रकम प्रवाह सेवा लिई चोरी गर्ने चलन बढिरहेको छ।

विश्व भर बैंकिङ प्रणालीमा रकम भुक्तानी सुविधा दिने स्विफ्टलाई विश्वासिलो संस्था मानिन्छ। सन् १९७० बाट बिश्वभर स्विफ्ट कार्ड (सोसाइटी फर वल्र्डवाइड इंटरबैंक फाइनानसियल टेलिकम्युनिकेशन) प्रयोग गर्न थालिएको हो।

उत्तर कोरियाली ह्याकर समूह लजारस ग्रूपले २०७४ मा नेपालको एक बाणिज्य बैंकको साढे ४६ करोड भन्दा बढी रुपैयाँ चोरी गरेको थियो। बैंकको स्विफ्ट कार्ड ह्याक गरी चोरी भएको रकम भने ४ करोड़ रकम बराबर मात्र ह्याकरले लिन सफल भएको थियो।

ह्याकरबाट हुने समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साइबर सेक्युरिटी अडिट अनिवार्य गरेको छ। तर अहिलेको यस्ता घटना बैंकको लापरवाही या राज्यको कमजोरी कसले गर्दा हुने गरेका हुन्? यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *