कोलोराडोको लङमन्टमा सामुहिक दरखाने कार्यक्रम सम्पन्न (फोटो फिचर)

डिसी नेपाल
१६ भदौ २०७६ ८:३८

नातिबाबु भट्ट

कोलोराडो अमेरीका । हिन्दू महिलाहरुको महान चाड तीजको पुर्व सन्ध्यामा कोलोराडो निवासी महिलाहरु एकै ठाउँमा भेला भई नाचगान गर्दै सामुहिक दर खाएका छन्। प्रवासमा रहेका महिला दिदी बहिनीहरुलाई माईतीको झल्को मेटाउन तथा प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानीयलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन कोलोराडोको लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टले दरखाने कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बोल्डर, लङमन्ट, ब्रुमफिल्ड ईरी, लाफियत, स्टेटपार्क लगायतका शहरहरुबाट महिला दिदी बहिनिहरु नेपाली पहिरन रातो साडी, चोलो, चुरा, धागो र विभिन्न परम्परागत गहनामा सजिएर उपस्थित भएका थिए। कार्यक्रममा स्थानीय अमेरिकी महिलाहरु पनि सातोसाडी, चोलो, चुरा छागो, पोते लगाएर खूशीसाथ सहभागी भएका थिए।

सांझ ६ बजे देखी राती १० बजेसम्म संचालन भएको कार्यक्रममा बाल बालिका देखि वृद्धवृद्धा सबै उमेरका दाजुभाई दिदी बहिनिहरुको उपस्थिती रहेको थियो। स्वादिष्ट परिकारहरु खादै साथीहरु संग नाच्दै, गाउदै, तीजको शुभकामना साटासाट गर्दै, उनीहरुले तीजको दरखाने कार्यक्रम सम्पन्न गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *