शुरु भयो पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’को छायाँकन

डिसी नेपाल
१६ भदौ २०७६ १५:५२

काठमाडौँ । लभस्टोरी चलचित्र बनाउन माहिर सुदर्शन थापाको निर्देशनमा बन्न लागेको सांगीतिक प्रेमकथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायाँकन शुरु गरिएको छ।

सोमबार तीजको अवसर पारी बुढानिलकण्ठको मिराक वेलनेस रिसोर्टबाट चलचित्रको छायाँकन शुरु गरिएको हो।

गएको दुई वर्ष अगाडी घोषणा गरिएको चलचित्रको गत असारमा मनकामना मन्दिरमा शुभमुहुर्त गरिएको थियो। चलचित्रमा अभिनेता पल शाह र पूजा शर्माको मुख्य भूमिका रहनेछ। राजधानी र इलाममा छायाँकन गरिने चलचित्रलाई सौरभ लामाले खिच्दैछन्।

यसअघि ‘म यस्तो गीत गाउँछु’मा पनि पल र पूजाको जोडी बाँधिएको थियो। जुन जोडीलाई दर्शकले रुचाएका थिए। यो चलचित्रका गीतमा संगीत भर्ने जिम्मा अर्जुन पोखरेलको काँधमा छ। अघिल्लो संस्करणमा उनकै संगीत रहेको गीत हिट भएका थिए। निर्देशक थापाकै कथा रहेको चलचित्र फागुनको १३ गते रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *