रवि लामिछानेलाई अदालतले दियो ठूलो राहत, मुद्दा खारेज भयो
कञ्चनपुर । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले ठूलो राहत दिएको छ । लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको छ ।
एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त प्रकरणको प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको भन्दै दर्ता गरिएको मुद्दालाई जिल्ला अदालतका न्यायाधीश गोपाल बास्तोलाको इजलासले खारेज गरिदिएको हो। अदालतमा विचारधीन मुद्दाबारे सार्वजनिक रुपमा बोल्न नमिल्ने अवस्थामा रवि र अंगुरले टेलिभिजन कार्यक्रममार्फत् आफ्ना भाइ दिलिपसिंहलाई अभियुक्त ठहर गरेको भन्दै दाजु खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए।
निर्मलाको बलात्कारपछि हत्या गरिएको घटनाको सुरुदेखि अनुसन्धानमा जुटेका डिएसपी जिसी र दिलिपका भेनाजु पर्ने पत्रकार खेम भण्डारीसँग रविले आफ्नो टिभी कार्यक्रममा अन्तर्वार्ता लिएका थिए। खड्गसिंहले सुरुमा दर्ता गराएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका थिए । तर उनीहरुले अर्को उजुरी दिएपछि दर्ता गरेका थिए। जिल्ला अदालत कञ्चनजपुरका रजिष्ट्रार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधशीश गोपाल बास्तोलाको एकल इजलासमा पेश भएको उजुरी दर्ता गर्न दपछि खारेज गर्ने आदेश दिएका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment