१९८९ जनालाई सरकारी जागिर खुल्यो, कुन पदमा कति ? (सूचनासहित)

डिसी नेपाल
१७ भदौ २०७६ ८:१२

काठमाडौं । गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा १९८९ जना कर्मचारी माग गरेको छ।

गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज मंगलबार गोरखापत्रमा एक सूचना जारी गर्दै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि करार कर्मचारी माग गरेको हो।

उक्त सूचनामा एम. आई. एस. अपरेटर र फिल्ड सहायक पदमका लागि १९८९ जनालाई दरखास्त दिन आव्हान गरेको छ। जसमा एम.आई.एस. अपरेटर पदमा ९९४ जना र फिल्ड सहायक पदमा ९९५ जना माग गरेको हो।

आवेदन दिन चाहने योग्यता पुगेका इच्छुक व्यक्तिहरुले विभागको वेबसाईड https://donidcr.gov.np मा गई https://application.donidcr.gov.np मा गएर अनलाईनबाटै पनि आवेदन दिन सक्नुहुनेछ ।

गोरखापत्रमा जारी सूचना 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *