अमेरिकामा नेपाली विद्यार्थी समाजको साधारण सभा तथा स्वागत कार्यक्रम
अमेरिका । संयुक्त राज्य अमेरिकाको ईलिनोइस् राज्य, कार्वोन्डेलस्थित साउर्थन ईलनोइस् युनिभर्सिटीमा विभिन्न संकायमा स्नातक, स्नातकोत्तर र विद्यावारिधीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा संगठन नेपाली विद्यार्थी समाजले यसै वर्ष युनिभर्ससिटीमा भर्ना भएका नयाँ नेपाली विद्यार्थीहरूलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम नेपाली विद्यार्थी समाज तत्कालीन अध्यक्ष संजिव रेग्मीको नेतृत्वमा भएको थियो।
विश्वविद्यालयको सेन्टर फर इनटरनेशनल एजुकेशनकाका डाइरेक्टर डा एन्ड्रु कार्भर र समुदाय र शैक्षिक कार्यक्रम संयोजक एवम् नेपाली विद्यार्थी समाजका एडभाईजर डा इलेन कोन्राडको उपस्थितिमा सम्पन्न यस कार्यक्रमले आगामी कार्यकालको नयाँ बोर्ड सदस्यको लागि निर्वाचन पनि यसै कार्यक्रम मार्फत गरेको छ।
रसायन शास्त्रमा विद्यावारिधि गरिरहेका कृष्ण पाण्डे आगामी बोर्डको अध्यक्षमा निर्वाचित भएका छन् भने वोर्डको उपाध्यक्षमा प्रवीन पराजुली, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष एलिजा तण्डुकार, सोसल चेयर बिदुर भुर्तेल र सदस्यहरू प्रशान्त बराल, ईकबाल रइन र राजु झा निर्वाचित भएका छन्।
यसै वर्ष मात्र यस विश्वविद्यालयमा विभिन्न संकायमा गरि २२ जना नयाँ नेपाली विद्यार्थीहरू स्नातक, स्नातकोत्तर र विद्यावारिधीको लागि भर्ना भएका छन्।
नेपाली विद्यार्थी समाज कार्वोन्डेलले प्रत्येक वर्ष नयाँ नेपाली विद्यार्थीहरूको स्वागत, तिज दशैँ तिहार होली लगायतका नेपाली संस्कृति झल्किने पर्वहरू मनाउनका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment