नेपाली सेनाद्वारा काठमाडौंमा निशुल्क स्वास्थ्य शिविर
काठमाडौं। नेपाली सेनाले काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।
नेपाली सेनाको श्री जगदल गणले स्थानीय सहीद गंगालाल प्रगति क्लवसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित शोभाभगवती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।
सो स्वास्थ्य शिविरमा जेनेरल ओपीडी, रगत तथा सुगर परीक्षण र आँखा तथा दाँतको परीक्षण गरिएको थियो। सो स्वास्थ्य परीक्षणबाट ३ सय जनाभन्दा बढि सर्वसाधारण लाभान्वित भएको नेपाली सेनाले जनाएको छ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी प्रयोग जबराले नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन निःशुल्क स्वास्थ्य शिविर संचालनको कामलाई निरन्तरता दिइएको बताए।
उनले सो सेवाबाट स्थानीय दर्शनार्थीहरु बढि लाभान्वित हुने विश्वास व्यक्त गरे। उनले सो गणले काठमाडौंको थानकोट, मातातीर्थ, कीर्तिपुर, भीमढुंगामा पनि वातावरणीय संरक्षणका लागि वृक्षारोपणलगायतका काम गरिएको उल्लेख गरे।
सो गणले सोही मन्दिर परिसरमा स्थानीयको सहयोगमा स्वास्थ्य चौकीको पनि स्थापना गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment