सहायक प्रजिअले फर्जी हवाई टिकट पेश गरि भुक्तानी लिएको आरोप

डिसी नेपाल
१७ भदौ २०७६ १७:१३

मुगु। जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीले नै विभिन्न फर्जी बिल पेश गरि नगरपालिकाबाट रकम लिएको खुलासा भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले कर्मचारी व्यवस्थापनको सिलशिलामा संघीय मामिला तथा स्थानीय मन्त्रालयमा जाँदा आउदा हवाई खर्चमा लागेको टिकटको बास्तविक रकम भन्दा बढि पेश गरेको पाईएको हो।

मंगलबार विहान छायानाथ रारा नगरपालिकाले एक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सहायक प्रमुख जिल्ला अधिकारी ढकालले २०७६ बैशाख ३१ गते नगरपालिकामा पेश गरेका टिकट फर्जी देखिएका हुन्।

ढकालले नेपालगञ्ज देखि काठमाण्डौ बुद्ध एयरको जहाजमा २०७५ चैत्र २१ गते जाँदा बास्तविक रकम ४ हजार ५ सय तिरे पनि नगरपालिकामा ७ हजार ३ सय र २०७६ बैशाख ७ गते काठमाण्डौंबाट नेपालगञ्ज फर्किदा श्री एयर उनले ७ हजार ३ सय नै वास्तविक टिकटको शुल्क तिरे पनि नगरपालिकामा ८ हजार ८ सय तिरेको फर्जी टिकट पेश गरी ३९ हजार १ सय ७० रुपैयाँ भुक्तानी लिएको पाईएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले पत्रकार सम्मेलनमा जानकारी दिए।

त्यस्तै ढकालले जिल्ला प्रशासन कार्यालयको गाडी मर्मत गर्दा जिल्लामा नै नभएको शुभ ट्रेडर्स एण्ड अडर सप्लायर्स मुगुको विल पेश गरि १ लाख ५० हजार रुपैयाँ पेश्की लिएको पाईएको छ।

जिल्लामा गाडी मर्मत गर्ने गाडीका पाट पुर्जा पाईने वर्क सप अहिले सम्म नभए पनि सहायक प्रमुख जिल्ला अधिकारी ढकालले नगरपालिकामा २ लाख २९ हजार २ सय ७७ रुपैयाँको विल पेश गरेको नगर प्रमुख शाहीले बताए।

ढकालले आफू जिल्ला बाहिर गएको बेला यसरी फर्जि विल पेश गरेको र नगरपालिकाका प्राविधिकलाई अनावश्यक मानसिक तनाव दिने काम समेत गरेको नगर प्रमुख शाहीको भनाई छ ।आफु माथी नगरप्रमुखले झुटा आरोप लागएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले दावी गरे।

आफूले आर्थिक प्रलोभनमा नपरि फर्जी विल समेत प्रयोग नगरेको र जिल्लामा रहँदा भएका कमि कमजोरी भए माफी मागौला, राम्रो भए सम्मानजनक तबरले विदाई हुने सोचेको थिए तर अहिले अनावश्यक आरोप लागेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *