कुञ्जमा शुक्रबारदेखि नाटक ‘टीका’ मञ्चन हुने
काठमाडौं । ऐक्य हेभन अफ आर्टको प्रस्तुतिमा नाटक ‘टीका’ मञ्चन हुने भएको छ ।
काठमाडौंको थापागाउँस्थित कुञ्ज नाटक घरमा यही भाद्र २० गतेदेखि ३१ गतेसम्म साँझ ५ः ३० बजे नाटक नियमित मञ्चन हुन लागेको हो।
नाटकमा नेपाली युवाहरु विदेश पलायन हुँदा अथवा मुग्लान पस्दा त्यहाँ भोग्नु परेको पीडालाई प्रस्तुत गर्नेछ।
नेपालीहरुको महान् पर्व बडादशैँमा छोरोको पर्खाइमा बसेकी बुढी आमा अनि श्रीमती र छोरोको पीडा नाटकमा हेर्न सकिनेछ ।
नेपाली युवाहरु विदेश जानुपर्ने बाध्यता र त्यहाँ नेपाली भएका कारण भोग्नु परेको पीडा कस्तो हुन्छ भन्ने कुरा नाटकमा हुनेछ ।
भीमनिधि तिवारीको लेखन रहेको नाटक ‘टीका’लाई संगित सापकोटाले निर्देशन गर्नेछन् ।
दीलिप खड्काले प्रोडक्सन डिजाईन गरेको नाटकमा श्रवण रानामगर, दिपेश काफ्ले, विनीता गुरुङ्ग, शारदा अधिकारी, राजकमल फकिर, सविन भट्टराई, न्यूहँज महर्जन, मणिराज पौडेल, आनन्द महतको अभिनय रहने छ ।
हाल कुञ्ज नाटकघरमा नाटकको तयारी भइरहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment