धादिङमा जिप दुर्घटना, १० जना घाइते

डिसी नेपाल
१७ भदौ २०७६ १९:१८

काठमाडौं। धादिङमा मंगलबार एक जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। मंगलबार दिँउसो धादिङ निलकण्ठ नगरपालिका–२ भुलभुले स्थित सडक खण्डमा धादिङबेशीबाट पाल्ते जाँदै गरेको ग १ ज ६०६१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ। जिपमा १२ जना सवार थिए।

घाईतेहरु जिल्ला अस्पताल धादिङमा उपचार पश्चात ४ जना घाईतेहरुलाई थप उपचारको लागी काठमाडौं रिफर समेत गरिएको छ। उक्त बोलेरो र चालक जिल्ला नीलकण्ठ नगरपालिका वडा नं.२ पात्ले बस्ने वर्ष ४१ को भिम बहादुर गुरुङ जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा रहेका छन्।

जिल्ला अस्पताल धादिङका उपचार भईरहेका घाईतेहरु:

१ जिल्ला धादिङ निलकण्ठ न।पा। १ देउराली बस्ने अं बर्ष २९ की कल्पना भुजेल‚ अबस्था सामान्य

२ पात्ले बस्ने अं बर्ष २३ की लक्ष्मि घले‚ अबस्था सामान्य

३ हिलखर्क बस्ने अं बर्ष ६३ की फुलमाया गुरुङ‚ अबस्था सामान्य

४ खल्टे बस्ने अं बर्ष २१ की साबित्री गुरुङ‚ अबस्था मध्यम

५ हिलखर्क बस्ने अं बर्ष ४८ को सन्त बहादुर गुरुङ‚ अबस्था सामान्य

६ जिल्ला चितवन ईच्छामनकामना गा.पा. बस्ने बर्ष ४० की दिलमाया थापा मगर‚ अबस्था सामान्य

काठमाडौं रिफर भएका घाईतेहरु:

१ जिल्ला धादिङ निलकण्ठ न.पा. १ बस्ने अं बर्ष ६५ की नाममाया गुरुङ

२ पतेनी बस्ने अं बर्ष ३९ को ईश्वर दाहाल

३ हिलखर्क बस्ने अं बर्ष ६४ को पुर्ण बहादुर गुरुङ

४ पात्ले बस्ने अं बर्ष ४० की लिला कुमारी गुरुङ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *