यूरोपेली आकाशमा नेपाली विमान उडाउन पर्यटनमन्त्रीको सक्रियता

डिसी नेपाल
१७ भदौ २०७६ २१:२४

काठमाडौं। हवाई सुरक्षाको कारण देखाउँदै यूरोपेली यूनियनले नेपाली विमानलाई यूरोपमा उडान गर्न प्रतिबन्ध लगाएपछि नेपाली विमानहरु लामो समयदेखि यूरोप उडान गर्न पाएका छैनन्। सरकारले विभिन्न चरणमा प्रतिबन्ध फुकुवाका लागि पहल गरे पनि हालसम्म ईयूले प्रतिबन्ध फुकुवा नगरेको अवस्थामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सक्रियता देखाएका छन्।

उनी मन्त्री बने लगत्तै नेपालमा आईकाओ काउन्सि प्रमुखहरुको सम्मेलन सम्पन्न भयो। नागरिक उड्डयन सम्बन्धि नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को नेपालमा सम्मेलन हुँदा यूरोपेली आकाशमा नेपाली विमान उडानको ढोका खोल्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो।

सम्मेलनले नेपाललाई उडान सुरक्षामा उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै आईकाओ काउन्सिलले प्रमाण पत्र पनि दिएको थियो।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री भट्टराईले काठमाडौंस्थित राष्ट्र संघका आवासीय प्रतिनिधि रोनाल्ड शेफर र फ्रेन्च राजदूत फ्रास्वाइस जेभियर लेजरसँग छलफल गरेका छन्। छलफलका क्रममा मन्त्री भट्टराईले नेपाली एअरलाइन्सको उडान प्रतिबन्ध फुकुवाका लागि पहल गर्न आग्रह गरिएको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ICAO को पछिल्लो उडान सुरक्षा अडिटको नतिजाले उडान सुरक्षाको स्तर अहिले विश्व सरदर ६० प्रतिशत रहेकोमा नेपालको ६६।७ प्रतिशत पुगेको बताउँदै सो उपलब्धि हासिल गरेबापत ICAO Council President Certificate समेत प्रदान भएको अवस्थामा यूरोपियन आकाशमा नेपाली एअरलाइन्सलाई हुँदै आएको प्रतिबन्ध हटाई निर्वाध ढंगले नेपाली एअरलाइन्सको उडान हुनु पर्ने कुरामा मैले जोड दिदै यस सवालमा आवश्यक सहयोग गर्न अनुरोध गरेको छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *