नाराको निर्वाचन भदौ २४ मा हुने

डिसी नेपाल
१८ भदौ २०७६ ९:२३

काठमाडौँ । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्ट (नारा) को निर्वाचन यही भदौ २४ मा हुने भएको छ। जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन हुन लागेको हो।

नाराका कोषाध्यक्ष शिशिर खनालले वार्षिक साधारणसभा तथा निर्वाचनको तयारी तीव्रगतिमा भइरहेको जानकारी दिए। विसं २०४६ मा स्थापना भएको नारामा १०० हाराहारीमा व्यवसायी आबद्ध छन् । नाराको हरेक दुई वर्षमा निर्वाचन तथा प्रत्येक वर्ष साधारणसभा हुँदै आएको छ।

जलयात्राका लागि साहसिक गन्तव्यको परिचय बनाएको त्रिशूली नदी विश्वका उत्कृष्ट नदीमध्ये एक हो। त्रिशूली नदीमा अहिले व्यावसायिक रूपमा जलयात्रा सञ्चालनमा छ। यस्तै, भोटेकोशी नदीमा पनि धेरै जलयात्री मनोरञ्जन लिन जाने गरेका छन्।

नेपालमा रहेका छ हजार नदीनालामध्ये त्रिशूली, कर्णाली, कालीगण्डकी, मस्र्याङ्दी, भोटेकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएका छन्। राजधानीबाट नजिक भएका कारण त्रिशूली नदीबाट नेपालको पहिला साहसिक जलयात्रा शुरु गरिएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *