सवारी चालकमाथि प्रहरीको निर्घात कुटपिट (भिडियो)

डिसी नेपाल
१८ भदौ २०७६ १०:३६

काठमाडौं । रसुवामा एक कन्टेनरका चालक प्रहरीबाट निर्घात कुटिएका छन् । प्राप्त जानकारीअनुसार कुटाइ खाने चालकको नाम श्रीमान तामाङ हो । उनी नेपाल–चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनर चलाउँछन् । तामाङलाई मंगलबार २ प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कुटपिट गर्नेहरु एकजना असइ र एकजना हवल्दार भएको बताइएको छ ।

टिमुरे सडकमा अव्यवस्थित ढंगले राखिएका सवारी हटाउन प्रहरी पुगेको र त्यस क्रममा सामान्य विवादमा प्रहरीले कुटपिट गरेको बताइएको छ । कुटपिट गर्ने प्रहरीको पहिचान खुलाइएको छैन । भिडियोमा दुई प्रहरीले अश्लील गाली गर्दै, भुत्ल्याँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको देखिन्छ । चालकमाथि प्रहरीको ज्यादतिपछि प्रत्यक्षदर्शीले त्यसो नगर्न आग्रह गरे पनि उल्टै प्रहरीले धम्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *