चालकमाथि प्रहरीको ज्यादतीः सिडिओ र डिएसपी घटनास्थल पुगे, छलफल हुँदै

डिसी नेपाल
१८ भदौ २०७६ ११:४७

काठमाडौं । रसुवामा कन्टेनरका चालकमाथि प्रहरीले कुटपिट गरेको घटनाको भिडियो बाहिरिएपछि अहिले त्यहाँ समस्या समाधानको लागि प्रयास भइरहेको छ । समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।

अब घटनाबारे जाँच हुने र प्रहरी दोषी देखिए कारवाही गरिने बताइएको छ । खासमा गल्ती कसको थियो र किन घटना भयो भन्ने विषयमा जाँच भइरहेको बताइएको छ । प्राप्त जानकारीअनुसार कुटाइ खाने चालकको नाम श्रीमान तामाङ हो । उनी नेपाल–चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनर चलाउँछन् । तामाङलाई मंगलबार २ प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कुटपिट गर्नेहरु एकजना असइ र एकजना हवल्दार भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *