पोष्टरमा ‘पोइ पर्यो काले’

डिसी नेपाल
१८ भदौ २०७६ १२:०३

काठमाडौं। चलचित्र ‘पोइ पर्यो काले’को पोष्टर सार्वजनिक गरिएको छ। शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र तिहारको अवसर पारि कात्तिक ८ गतेबाट प्रदर्शनमा आउनेछ।

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सोहित मानन्धरलाई देखाईएको छ। चलचित्र कलाकार सौगात मल्लको वरिपरि घुम्ने जनाईएको छ। चलचित्र उनी ‘काले पोइ’को भूमिकामा प्रस्तुत हुनेछन्। निर्देशक शिशिर चलचित्र हास्य तथा सामाजिक कथावस्तुमा निर्माण भएको बताउँछन्।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माता राजिव गुरुङ (दीपक मनाङ्गे) र सरोज नेपाली हुन्। अमलादेवी राई चलचित्रको कार्यकारी निर्माता हुन्। चलचित्रमा अर्जुन पोखरेल र लाल बहादुर खातीको संगीत, कमल राई र सामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

चलचित्रमा सुरक्षा पन्त, किरण नेपाली, सृष्टि खड्का, शिशिर राणा, राजाराम पौडेल, विन्दा खतिवडा, श्याम राई लगायतको पनि अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *