आकाशमै इन्जिन फेल भएको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

डिसी नेपाल
१८ भदौ २०७६ १२:२१

काठमाडौं। एउटा इन्जिन फेल भएको सीता एयरको विमान दुर्घटनाबाट बचेको छ । लुक्लाबाट काठमाडौं आएको विमानको आकाशमै एउटा इन्जिन फेल भएको थियो । ९ एन–एजेएच कलसाइन भएको जहाजको बुधबार बिहान लिक्लाबाट उडेको थियो ।

जहाजको एउटा इन्जिन आकाशमै फेल भए पनि पाइलटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार बुधबार बिहान करीब पौने ९ बजे जहाजले आकस्मिक अवतरण गरेको हो । जहाजमा यात्रु भने थिएनन् । सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले चालक दलका सदस्य र जहाज सुरक्षित रहेको ट्विटमार्फत जानकारी गराएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सबै जहाजको इन्जिन परीक्षण हुने र त्यसपछि आगामी उडान निश्चित गरिने उनले जानकारी दिएका छन् । सीता एयरले पहाडी र हिमाली भेगका साना विमानस्थलमा उडान गर्दै आएको छ । त्यसमध्ये लुक्ला मूख्य विमानस्थल हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *