छोरीको ज्यान लिने र बमले घर उडाइदिने धम्की दिएको अभियोगमा सन्तोष कडेल पक्राउ

डिसी नेपाल
१८ भदौ २०७६ १४:१८

काठमाडौं। प्रहरीले २० लाख रुपैयाँ माग गरी नदिए ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्कि दिएको अभियोगमा काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं नयाँबजार धारागल्ली बस्ने धादिङ वेनिघाट रोराङग गाउँपालिका–५ घर भएका २७ वर्षीय सन्तोष कडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कंडेलले स्यूचाटर नागार्जुन नगरपालीका–९ आदर्श नगरटोल बस्ने एकल महिलालाई चिठी मार्फत नगद २० लाख रुपैयाँ माग गरेका थिए।

उनले मंगलबार दिउँसो बालाजु पुलमा पैसा लिई आउनु, प्रहरी र आफन्तलाई जानकारी गराए तथा रकम नदिए छोरीलाई सिध्याई दिने र घरमा समेत बम राखी उडाई दिने धम्कि दिएको प्रहरीले जनाएको छ।

सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *