शिकार छाडेर जब सिंहहरु आपसमै लड्न थाले (भिडियो)

डिसी नेपाल
१८ भदौ २०७६ १६:५३
4
Shares

एजेन्सी। जंगलका राजा सिंहको बारेमा तपाइले थुप्रै रोचक घटना तथा तथ्यहरु सुन्नु भएको होला। जस्तै कुनै एउटा शिकारको पछि लागेपछि सिहंले त्यसलाई आफ्नो आहारा बनाएरै छाड्दछ। तर के तपाईले शिकार गरिरहेकै बेला सिंहको परिवारबीच झगडा भएको देख्नु भएको छ।

यस्तै एउटा घटना दक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्कमा घटेको छ। उक्त घटनाको भिडियो सामाजिक संजाल ट्वीटरमा राखिएको छ। ३० सेकेण्डको यस भिडियोमा पाँच जना सदस्य रहेको सिंहको परिवार एउटा भैंसीको शिकारमा तल्लिन रहेको देख्न सकिन्छ।

यतिकैमा एउटा सिंहले अर्को सिंहलाई झम्टिन जान्छ र उनीहरुबीच झगडा सुरु भएको देखिन्छ। तर भिडियोमा चकित पार्ने कुरा के छ भने सिंहहरुको कब्जामा रहेको उक्त भैंसी भने मृत्युको मुखबाट भाग्न सफल भएको छ।

एकातिर पाँच सिंह झगडामा व्यस्त रहँदा भैंसी भागेको दृश्य भिडियोमा देखिएको छ। यो भिडियो कहिले क्यामेरामा कैद गरिएको भन्ने बारे भने कुनै जानकारी खुलाइएको छैन।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *