ग्रिन हिल सिटी हाउजिङको भीरालो जग्गामा बनेको भवन भत्कियो

डिसी नेपाल
१८ भदौ २०७६ १५:४०

काठमाडौं। मंगलबार राती परेको अविरल वर्षाका कारण काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा एक निर्माणाधीन दुई तले भवन भत्किएको छ। ग्रिन हिल सिटी हाउजिङ कम्पनीको निर्माणधीन भवन भत्किएको हो।

घर भत्किएपछि प्रहरीले मुचुल्का बनाउने काम गरिरहेको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नरेन्द्र चन्दले डिसी नेपाललाई जानकारी दिए।

हाउजिङ कम्पनीले भिरालो जग्गामा प्राविधिक रुपमा कमजोर भवन बनाएकाले पनि भत्किएको स्थानीयहरुले बताए। मंगलबार काठमाडौंमा अत्याधिक वर्षा भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *