दशैंका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?

डिसी नेपाल
१८ भदौ २०७६ १५:४६

काठमाडौं। हिन्दूहरुको महान चाड बडादशैं नजिकिँदै गर्दा राजधानीबाट बाहिरिने यात्रुको लागि अग्रिम टिकट बुकिङ चासोको विषय बनेको छ । टिकट बुकिङ कहिले खुल्छ भन्ने विषयमा यात्रुको चासो बढिरहँदा यता यस विषयमा आज भएको छलफल भने छलफल निष्कर्षविहीन बनेको छ । यातायात व्यवस्था विभागले गरेको छलफलमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सरोकावालाहरुको सहभागिता रहेको थियो ।

बुधबारको बैठकमा कुनै निष्कर्ष ननिस्किए पनि छलफल सकारात्मक भएको बताइएको छ । यस विषयमा टुंगो लगाउन अर्को साताका लागि छलफल तय भएकाले त्यतिबेलासम्म मिति तय हुने अपेक्षा गरिएको छ । विगतका वर्षहरुमा दसैं सुरु हुनु १ महिना अघिदेखि अग्रिम टिकट बुकिङ खुल्दै आएको थियो । तर, पछिल्लो दुई वर्षयता विभिन्न कारणले एक साता अघिमात्र बुकिङ खुल्ने गरेको छ । यो वर्ष पनि दसैं सुरु हुनु करिब दुई साता अघिमात्र बुकिङ खुल्ने अवस्था देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *