वासिङ्टन डिसीमा अनेसासको कविगोष्ठी तथा सम्मान कार्यक्रम, उपस्थित हुन सबैलाई आग्रह

डिसी नेपाल
१९ भदौ २०७६ ७:५३

वासिङ्टन डिसी, अमेरिका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टन डिसी मेट्रो कमिटीले साहित्यिक जमघट, कविगोष्ठी तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

आगामी सेप्टेम्बर ७ तारिख शनिबारका दिन दिउँसो १ बजेबाट हुने कार्यक्रममा सबै नेपालीहरुलाई उपस्थितीका लागि आयोजक संस्थाले सूचना मार्फत अनुरोध समेत गरेको छ ।

वासिङ्टन डिसीको तन्दुरी नाईटमा हुने उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ विद्वान डा.गंगाप्रसाद उप्रेती र नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभागका प्रमुख वरिष्ठ विद्वान प्राज्ञ डा. हेमनाथ पौड्याललाई सम्मान गरिने भएको छ ।

कार्यक्रमबारे थप जानकारी

मिति: ७ सेप्टेम्वर, २०१९ शनिवार ( Saturday September 7 )
स्थान: तन्दूरी नाइट ( Tandoori Nights Fairfax) 10312 Willard Way Fairfax VA 22030
समय: १ वजे

आयोजक: अन्तराष्ट्रिय नेपाली साहित्य समाज, (वासिङ्टन डिसी मेट्रो कमिटी)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *