नक्कली प्रहरी बनेर रकम असुल्ने दुई जना पक्राउ

डिसी नेपाल
१९ भदौ २०७६ १२:१८

काठमाडौं। नक्कली प्रहरीको आवरणमा अवैध रुपमा रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आफूलाई अपराध महाशाखाको प्रहरी हुँ भन्दै अवैध रुपमा रकम असुल्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं सामाखुशी बस्ने तेह्रथुम आठराई गाउँपालिक–१ का भक्तबहादुर लिम्बु र ताप्लेजुङका हिमाल लिम्बु रहेको प्रहरीले जनाएको छ।

काठमाडौं स्वयम्भू गैरीगाउँ बस्ने धर्म गुरुलाई उनीहरुले अपराध महाशाखाको असई हुँ भनी डर/धम्की दिइ अवैध रुपमा रकम असुल गर्न खोजेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले भक्तलाई काठमाडौं हलचोक र हिमाललाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *